बझाङ । कैलालीमा सशस्त्र प्रहरी जवान लागुऔषध चरेससहित पक्राउ परेका छन् । सुदूरपश्चिम प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले सशस्त्र प्रहरी गण वनबेहडा कैलालीमा कार्यरत दुर्गाथली गाउँपालिका ४ बझाङ घर भएका गणेशप्रसाद जोशीलाई लागुऔषध चरेससहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी जवान जोशीलाई धनगढी उपमहानगरपालिका ३ मा रहेको एक होटेलबाट डेढ केजी लागुऔषध चरेससहित पक्राउ गरिएको बताए ।
पक्राउ परेका जोशीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology