गुल्मी । गुल्मीका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।गुल्मीको छत्रकोट गाउँपालिका ३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृत्यु भएको हो ।
जनैपूर्णिमा मनाउनको लागि गुल्मी देखि पाल्पाको रैनादेवि छहरा गाउँपालिका १ साउनेटोलस्थित मामा घरमा गएका रेश्मीको गएराती मृत्यु भएको हो।
उनी बिहीबार साँझ मामाघर नजिकै रहेको डमराईपोखरमाी पौैडी खेल्न लागेको बेला डुबेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई स्थानीय सर्देवा प्रहरी चौकीका प्रहरीले उद्धार गरि उपचारका लागि पाल्पा मिशन अस्पतालमा लगिएकोमा गएराती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology