गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले 'जेष्ठ नागरिक संग अध्यक्ष' कार्यक्रमको सुरुवात गरेको छ । ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारी शनिबार गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले ९९ बर्षिया वृद्ध आमालाई दोसल्ला, च्यावन प्रास र सम्मान पत्र बोकेर घरमै पुगेका थिए ।
उक्त कार्यक्रम अन्तर्गत गाउँपालिकाले ७५ वर्षभन्दा माथिका करिब ९ सय जेष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्य लिएको जनाईएको छ ।
कार्यक्रमबारे बोल्दै गाउँपालिका अध्यक्ष पाण्डेयले भने, "जेष्ठ नागरिक अनुभवका खानी हुनुन्छ, जीवनको लामो कालखण्डमा आरोह अवरोह पार गर्दै सीप, अनुभव र ज्ञान आर्जन गर्नुभएका बुबाआमाको सम्मान हामीले गर्न सक्नुपर्दछ ।" ज्येष्ठ नागरिकको अनुभव राष्ट्र निर्माणका लागि अत्यन्तै अनुकरणीय हुने भएकोले उनिहरुलाई खुसी बनाउन सम्मानजनक व्यवहार गर्नुपर्ने बताउँदै गाउँपालिकाले सम्मानको नीति लिएको उनले बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली, वडा नम्बर ४ का वडाअध्यक्ष गुणाकर ज्ञवाली, कार्यपालिका सदस्य भगवती न्यौपाने लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology