Logo

२०८३, आश्विन ९गते


images
images

छत्रकोट गाउँपालिका गुल्मीको आर्थिक वर्ष ०८०/८१ काे बजेट पारित

छत्रकोट गाउँपालिका गुल्मीको आर्थिक वर्ष ०८०/८१ काे बजेट पारित

images
  • छत्रकोट गाउँपालिका गुल्मीको आर्थिक वर्ष ०८०/८१ काे बजेट पारित
    images
    images

    गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीको आर्थिक बर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रम  मंगलबार पारित भएको छ ।

    images
    images
    images

    गाउँपालिकाको १५ औ अधिवेशनमा गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले, आर्थिक बिकास देखि अन्तर सम्बन्धित क्षेत्रका ६ बिषयका नीति सार्वजनिक गरेका थिए ।

    images
    images
    images

    उल्यखित नीतिमा, निबर्तमान जनप्रतिनिधीले सुरुगरेको ब्राकेटमा प्रोत्साहन लेखिएको, कृषक पेन्सन, न्युनतम बिद्युत महसुल छुट, गर्भवती र जेष्ठ नागरिकका सुबिधाको निरन्तरता,जस्ता केही बिषयको निरन्तरता संगै, १७ वटा अभियान र नारा सहितको २ सय ६५ वटा नीति समेटिएको छ ।

    images
    images
    images

    उत्पादनमा आधारित अनुदान, उत्पादित बस्तुको न्यूनतम समर्थन सूल्य कायम गर्ने, एक घर एक करेसाबारी ।

    छत्रकोट घुमौ अभियान, छत्रकोट देवालय देखि लुम्छा सम्म जिपलाईन संचालन, छत्रकोट देवालय देखि राम मन्दिर सम्म झोलुङ्गे पुल निर्माण,बिद्युतिय गाडी चार्जिङ्ग स्टेशन, पालिकाको प्रसासकिय भवन २ बर्षमा निर्माण पुरागर्ने ।

    सहकारीमूलक एकिकृत खेती ,श्रम बैंक स्थापना,एक परिवार एक रोजगार वा स्वरोजगारी, नगर प्रहरीकको ब्यवस्था, एक वडा एक उद्योग संचालन,जन्मभूमिमा लगानी ।

    बिद्यालयमा खुल्ला प्रतिसप्रधावाट प्रअ नियुक्त गर्ने, बिद्यालय कुनै पनि बहानामा बन्द हुन नदिने, गाउँपालिका भित्र आवासिय सुबिधा सहिततको मेधा बिद्यालय बिकास गर्ने,महिला सामुदायिक स्वास्थ्य स्वयं सेबिकाको पेन्सन, निसुल्क बिभिन्न स्वास्थ्य सेवा, अवस्था अनुसार निसुल्क एम्बुलेन्स सेवा, सम्बेदनसिल स्थानमा सीसी क्यमरा जडान, मोटरबाटो स्तरोन्ती र कालो पत्रे गर्ने, सार्वजनिक भुमिमा उपयोगी बृक्षारोपण, अन्यक्षेत्र बाट बसाई सराई गरेर आउनेलाई बिशेष अनुदान दिने, बालबालिका युवा,महिला अपाङ्गता भएका ननगरिक देखि अन्तर पालिका संगको साझेदारीका कार्यक्रम २०८०/ ८१ को नीति समेटिएको छ ।

    गाउँपालिकाले स्वास्थ्य,शिक्षामा औषतको नीति अख्तियार गरेको देखिए पनि रोजगारी सृजना र भौतिक निर्माणमा महत्वाकांक्षी नीति लिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छत्रकोट गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।