कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा नं. १ च्यूरेकका प्रेम प्रसाद काफ्लेकाे घरकाे एउटा केराकाे बाेटमा फलेका ज्युम्ल्याहा केरा बाेटमै लपक्क पाकेका छन ।
दुईघरी केरानै बोटमै पहेँलै भएर पाकेको काफ्लेले बताए ।
"एउटा घरीमा एकसय भन्दा बढि केराका काेसा छन । अचम्म एउटै बुटामा दुईवटा घरी केरा त्यसमा पनि बुटैमा पहेँलै हुने गरि पाकेकाे केरा घरमा आउनेलाई एक दुई काेसा खान दिएकाे छु" प्रेम काफ्लेका छाेरा निर्मल काफ्लेलेले सेतोमसीसंग खुसी साटे ।
गाउँघरमा पाईने ठुलाकाेसे जातकाे केरा पछिल्लो चरणमा लाेप हुने अवस्थामा छ तर प्रेम काफ्लेको घरमा रहेकाे यहि ठुलाकाेशे एउटा बाेटमा जुम्ल्याहा घरी केरा फलेर चमत्कार भएकाे छ ।
"केराकाे बाेटमा जुम्ल्याहा घरी फलेपछि सेताेमसीले समाचार प्रकाशन गरेपछि घरमा केरा हेर्न आउनेकाे ताँतिनै लाग्याे । फेरी यिनै घरि बुटामै पाकेपछि हेर्न आउने पनि भिड त्यत्तिकै छ।" निर्मल काफ्लेले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology