Logo

२०८३, आश्विन ९गते


images
images

थोर्गा खानेपानीको अध्यक्षमा श्रेष्ठ चयन

थोर्गा खानेपानीको अध्यक्षमा श्रेष्ठ चयन

images
  • सेतोमसी सहकर्मी
  • थोर्गा खानेपानीको अध्यक्षमा श्रेष्ठ चयन
    images
    images

    कृष्ण अन्जान, गुल्मी ।  रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ३ मा रहेकाे सबैभन्दा पुरानो खानेपानी आयाेजना थाेर्गा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिकाे साधारण सभा तथा अधिवेशन शुक्रवार थाेर्गाको राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगणमा  सम्पन्न भएकाे छ ।

    images
    images
    images

    अधिवेशनले पुर्व कार्य समितिलाई  निरन्तरता दिँदै  प्रेम प्रसाद श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय उपभोक्ता समिति सर्वसम्मत चयन गरेकाे छ । समितिको उपाध्यक्ष, सचिव ,काेषाध्यक्षमा क्रमशः कृष्ण राज ज्ञवाली, लाेकनाथ ज्ञवाली र भाष्कर ज्ञवाली छानिएका छन ।

    images
    images
    images

    यसैगरी समितिकाे सदस्यहरुमा नरहरी ज्ञवाली, राजेन्द्र ज्ञवाली, तुल्सा गौतम, चन्द्रकला ज्ञवाली र सीता बन्जाडे रहेकाे निर्वाचन समितिका सँयाेजक शेषनारायण पौडेलले जानकारी गराए ।

    images
    images
    images

    यसअघि प्रमुख अतिथि कमलराज श्रेष्ठले उदघाटन मन्तव्य राख्दै याे खानेपानी याेजनाले थाेर्गा क्षेत्रमा पिउने पानीकाे समस्या समाधान गरेकाे धारणा  राखे ।

    शुक्रवार नै नव निर्वाचित पदाधिकारी हरुलाई प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका पुर्व साँसद कमल राज श्रेष्ठले बधाई सँगै पदस्थापन गराएका छन् ।

    २०२५ सालमा तत्कालीन राष्ट्रिय पन्चायत सदस्य गाेकर्ण राज शास्त्रीकाे पहलमा साविक थानपती र च्यूरेक क्षेत्रमा पिउने पानी उपलब्ध गराईएकाे याे याेजनाले आफ्नो  ५५ वर्ष पुरा गरेकाे छ ।

    यतिबेला रुरुक्षेत्र गाउँ पालिका वडा न ३ र वडा न १ काे केही भागमा याे याेजनाले लिफ्टिँग मार्फत ३ सय ९२ घरमा पानी वितरण गरेकाे प्रतिवेदनमा उल्लेख छ ।

    याे परियोजना ले २०७५ साल देखि हालसम्म  १ कराेड ७ लाख ५७ हजार ३ सय ४३ रुपैया आम्दानी गरि उनासी लाख छयालीस हजार दस रुपैयाँ पानीकाे व्यवस्थापन र निर्माणमा खर्च गरेकाे छ भने २८ लाख ११ हजार ३ सय तेत्तीस रुपैया  बचत गरेकाे समितिका सचिव लाेकनाथ ज्ञवालीले जानकारी दिए ।

    लिफ्टिँग खानेपानी आयाेजना भएका कारण विजुली महशुल, कर्मचारी खर्च, मेन्टेनेन्स खर्च धान्न गाह्राे भएका कारणले हाल लिइँदै आएकाे मासिक ३ सयमा ५० रुपैया थप गरि महशुल ३ सय पचास बनाउने प्रस्ताव अधिवेशनले पारीत गरेकाे छ ।

    उदघाटन सत्रकाे कार्यक्रम समितिका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षता र सचिव लाेकनाथ ज्ञवालीकाे सन्चालन, काेषाध्यक्ष भाष्कर ज्ञवालीकाे स्वागतमा भएकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।