Logo

२०८३, आश्विन ९गते


images
images

रुरुधाममा आयोजित स्वास्थ शिविरमा दुई हजार सर्वसाधारणले लिए स्वास्थ सेवा

रुरुधाममा आयोजित स्वास्थ शिविरमा दुई हजार सर्वसाधारणले लिए स्वास्थ सेवा

images
  • सेतोमसी सहकर्मी
  • रुरुधाममा आयोजित स्वास्थ शिविरमा दुई हजार सर्वसाधारणले लिए स्वास्थ सेवा
    images
    images

    कृष्ण अन्जान, रुरुधाम । रुरुक्षेत्र गाउँपालिकाकाे आयाेजनामा गुल्मीकाे रुरुधाममा आयाेजित बृहत स्वास्थ शिविर आईतवार सकिएकाे छ । सहयाेगी सँस्थाहरु नेपाल  हृदय रोग निवारण प्रतिष्ठान नेपाल ,  नेपाल  नेत्र ज्याेति  संघ , लुम्बिनी  मेडिकल कलेज  प्रवास पाल्पा  नेपाल  औषधी व्यवसायी सँघकाे सहकार्यमा  विशेष   स्वास्थ शिविरकाे आयाेजना गरिएकाे हाे ।  

    images
    images
    images

    स्वास्थ शिविरमा याे क्षेत्रका करिव दुईहजार जनाले  निशुल्क स्वास्थ्य परिक्षण सेवा लिएका छन । शिविरमा आँखा जाँच तर्फ ८ सय ६१ जनाले आँखा जाँच गरेका छन भने  करिब  ५ सय जनालाई  निशुल्क चस्मा  बितरण गरिएका नेपाल नेत्र ज्याेति सँघका केन्द्रीय महासचिव भरत चन्दले जानकारी दिए । 

    images
    images
    images

    यसैगरी डा. अरुण ज्ञवालीकाे टाेलिले तिनदिनमा २ सय ५७ जनाकाे पेट सम्बन्धि जाँच गरेकाे जनाएकाे छ भने  वरिष्ठ मुटुराेग विशेषज्ञ डाक्टर प्रकाश राज शर्माकाे टाेलीले ३ सय ७९ जनाकाे मुटु परिक्षण , मुटुको जाच २ सय ९५ जनाले  इसिजि, २सय ५ जनाकाे  इको परिक्षण गरिएकाे छ ।

    images
    images
    images

    यसैगरी  शिविरमा दुई सय जना काे  स्त्री राेग परिक्षण गरिएकाे स्थानीय व्यवस्थापनमा खटिएका रुरुक्षेत्र १ का वडाध्यक्ष नवराज विकले जानकारी दिए । 

    कार्यक्रम समापनमा नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेल, नेपाल नेत्र ज्याेति सँघका महासचिव भरत चन्द, नेपाल हृदय  राेग निवारण प्रतिष्ठानका अखिलेश्वर पाण्डे, नेत्र ज्याेति सँघ गुल्मीका अध्यक्ष शेर बहादुर थापा, लगायतले धारणा राखेका थिए ।

    उक्त स्वास्थ्य शिविरमा याे क्षेत्रका आमा समूह, युवा क्लव, स्वास्थ निकायका कर्मचारी,  विद्यालयका शिक्षकहरु ठुलाे सँख्यामा स्वयंसेवामा परिचालन भएका थिए ।

    गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतका जिल्लाबाट आएका सेवा ग्राहीले सेवा लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।