गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिका बलेटक्सारमा रहेको मेगा बैंक शाखा प्रमुख विज्ञान पन्तले आफ्नो जन्मदिनको अवसरमा रुरुक्षेत्र ४ कि ९० वर्षीय मेनुकला उपाध्यायलाई दुई महिना पुग्ने खाद्यान्न सहयोग गरेका छन् ।
२४ वर्षकै उमेरमा विधवा भएकी मेनुकलाकाे जीविका निर्वाहको सहारा भनेको सामाजिक सुरक्षा भत्ता मात्र हो । तीन सन्तान जन्म दिएकी मेनुकलाकाे १ छोरा र दुई छोरीको जन्म दिएकी थिइन तर छोराको पाँच वर्षकै उमेरमा मृत्यु भएको र एक छोरीकाे पनि मृत्यु भैसकेको मेनुकलाले बताइन्। सरकारले दिने सामाजिक सुरक्षा भत्ताको सहारामा जीविका निर्वाह गरेकी मेनुकलालाई याे खाद्यान्न सहयोगले केही समयलाई राहत भएको भन्दै मनकारी मनलाई धन्यवाद दिएकी छन ।
सहयोग दाता पन्तले यो एउटा अवसर भएको पनि बताए उनले भने 'दुई दिन पहिला मात्र मलाई त्यस ठाउँमा एक्लै एकजना वृद्ध एकजना आमा हुनुहुन्छ भन्ने जानकारी भयो र मैले पनि जन्मदिनको अवसरमा सहयोग गर्ने सोच राखेको थिए' साेहि अनुसार सहयोग गर्ने अवसर पाएको खुशी भएको उनले व्यक्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology