कृष्ण अन्जान, गुल्मी । आगलागीबाट रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडीबजारमा रहेकाे सन्दिप फर्निचर उद्योग ध्वस्त भएकाे छ ।
मंगलबार राति करिब दुईबजे फर्निचर उद्योगमा आगलागी भएकाे स्थानीय प्रत्यक्षदर्शीहरुले बताए ।
आगलागीबाट उयोगमा छत्तिस ईन्च भेन्साे मसिन, साईजर, सर्कुलर मसिन र यी मसिन चलाउने माेटर, फर्निचर ओैजार, सात बण्डल टिन, फर्निचर उधाेग रहेकाे छाप्राे, प्लाई १० एम एम र सातसय पचास क्युविकफिट विभिन्न जातका काठहरु जलेर नष्ट भएकाे उद्योगका सन्चालक हाेमनाथ ज्ञवालीले जानकारी दिए ।
फर्निचर उद्योग जल्दा करिब तिसलाख बराबरकाे नाेक्सानी भएकाे प्रारम्भिक अनुमान गरिएकाे छ ।
आगाे लागेकाे देखेपछि रिडीबजार वासी,प्रहरी प्रशासनले आगाे नियन्त्रणमा लिएकाे बताईएकाे छ ।
फर्निचर बजार देखि केही तल रहेको र स्थानीय वासिहरुले थाहापाएर आगाे नियन्त्रणमा लिएपछि आगाे फैलिन पाएन ।
सन्दिप फर्निचर उद्योग विगत आठ वर्ष देखि रुरुक्षेत्र १ रिडीबजारमा हाेमनाथ ज्ञवालीले सन्चालन गर्दै आएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology