सुमन महतरा, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले प्रत्येक व्यक्तिको घरमा पुगेर हरेक व्यक्तिकाे स्वास्थ्य परिक्षण गर्ने भएको छ । शुक्रबार गाउँपालिका स्वास्थ्य शाखा रुरुक्षेत्र गाउँपालिकाद्वारा संचालन गरिने "घर-घरमा स्वास्थ्य सेवा कार्यक्रम " को स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्तिक महिनादेखि स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका तथा जनप्रतिनिधिहरु रुरुक्षेत्र गाउँपालिकाका सबै घरधुरीमा गई स्वास्थ्य सम्बन्धी तथ्यांकहरु पालिकाद्वारा बनाइएको एप्लिकेसनमा संकलन गर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख छत्र अधिकारीले बताए।
त्यस्तै मङ्सिर महिनादेखि स्वास्थ्यकर्मीहरुले प्रत्येक २/२ महिनामा गर्भवती, सुत्केरी, अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुलाई घर घरमै गई स्वास्थ्य परिक्षण ( प्रेसर जांच, सुगर जाच, पिसाब जाच आदि ) गरि आवश्यक औषधि तथा परामर्श दिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पाैड्यालले बताए ।
उनले घर घरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्नका लागि आवश्यक स्वास्थ्य उपकरण लगायतका सामाग्रीहरु स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण तालिममा बितरण वितरण गरिएको बताएका छन् ।
त्यस्तै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले यस कार्यक्रमबाट गाउँपालिका भित्र कुन कुन प्रकारका राेग लागेका कति निराेगि कति भन्ने कुरा पत्ता लाग्ने भएकाले सबैले सहि डाटा उपलब्ध गराउँने उनले आग्रह गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology