Logo

२०८३, श्रावण ३०गते


images
images

२३ सिटमा खुम्चिएको कांग्रेसलाई सत्ता सुम्पिनु राजनीतिक अपराध: छविलाल विश्वकर्मा

२३ सिटमा खुम्चिएको कांग्रेसलाई सत्ता सुम्पिनु राजनीतिक अपराध: छविलाल विश्वकर्मा

images
  • २३ सिटमा खुम्चिएको कांग्रेसलाई सत्ता सुम्पिनु राजनीतिक अपराध: छविलाल विश्वकर्मा
    images
    images

    रुपन्देही । नेकपा (एमाले)का केन्द्रीय सचीव तथा एमाले नेतृत्वको विपक्षी गठबन्धनका रुपन्देही क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छविलाल विश्वकर्माले २३ सिटमा खुम्चिएको नेपाली कांग्रेसलाई सत्ता सुम्पिनु गलत भएको बताएका छन् ।  

    images
    images
    images

    तत्कालीन अवस्थामा नेकपामा रहेर हाल सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र एमालेकै तत्कालीन विद्रोही १० जना सांसदतर्फ संकेत गर्दै विश्वकर्माले जनताले प्रतिपक्षी भुमिकामा बस्न दिएको जनमत विपरीत शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गरिनु राजनितिक अपराध भएको बताएका हुन् ।

    images
    images
    images

    सोमबार देवदह वडा नं. ४ को अगुवा कार्यकर्ता भेलामा बोल्दै विश्वकर्माले शेरबहादुर देउवा नेतृत्व सरकार बनेपछि विकासको काम र आर्थिक प्रणाली समेत खल्बलिएको आरोप लगाए । ओली सरकारले ल्याएको विकासको लहर देउवा सरकार आएपछि रोकिएको जिकिर गर्दै विश्वकर्माले विकासको लागि पुनः ओली नेतृत्वको सरकार बन्नुपर्ने तर्क गरे ।

    images
    images
    images

    तत्कालीन ओली सरकारले स्वाभिमानको शिर झुक्न नदिएको बताउँदै उनले बर्तमान गठबन्धन सरकार राष्ट्रियताको मामिलामा समेत चुकेको धारणा व्यक्त गरे ।

    सो अवसरमा बोल्दै निर्वाचन परिचालन कमिटीका संयोजक डा. कृष्ण न्यौपानेले यस क्षेत्रको विकास एमालेले गरेको र एमालेले मात्रै गर्न सक्ने बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छविलाल विश्वकर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।