Logo

२०८३, श्रावण ३०गते


images
images

जनताको ठूलो त्यागबाट प्राप्त व्यवस्था कार्यान्वयनको चरणमा छ: सांसद विश्वकर्मा

जनताको ठूलो त्यागबाट प्राप्त व्यवस्था कार्यान्वयनको चरणमा छ: सांसद विश्वकर्मा

images
  • जनताको ठूलो त्यागबाट प्राप्त व्यवस्था कार्यान्वयनको चरणमा छ: सांसद विश्वकर्मा
    images
    images

    देवदह । रुपन्देही क्षेत्र नम्बर १ का संघीय सांसद छविलाल विश्वकर्माले ठूलो त्यागबाट प्राप्त व्यवस्थालाई कार्यान्वयन गर्ने चरणमा यथेष्ट ध्यान पुर्‍याउन आवाश्यक रहेको बताएका छन् । आइतबार देवदह नगरपालिकाद्वारा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित सांसदहरुलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद विश्वकर्माले नेपाली जनताको त्यागबाट प्राप्त व्यवस्थालाई जोगाएर कार्यान्वयन गर्ने चरणमा रहेकाले व्यवस्थाप्रती निराश हुने बेला नभएको बताए ।

    images
    images
    images

    सांसद विश्वकर्माले प्राप्त उपलब्धिलाई लिएर अभ्यासमा जाने क्रममा कहि कतै कमजोरी भएको र त्यसमा राजनीतिक दलको पनि कमजोरी रहेको स्वीकार गर्दै व्यवस्थाप्रति दोष लगाएर देशी-विदेशी शक्तिहरु खेल्न नपाउन भन्नेतर्फ सजग हुनुपर्ने धारणा व्यक्त गरे। उनले संघीयताप्राप्ति पछि मूलुकको शिक्षा, स्वास्थ्य, पुर्वाधार निर्माण लगायतमा भएको विकास तथा हिजो पछाडी पारिएका तहतप्काले प्राप्त गरेको स्थान प्रशंसायोग्य रहेको दाबी गरे । दलीय व्यवस्थामा दलको विकल्प नभएकाले उल्लेख गर्दै विश्वकर्माले दलीय व्यवस्थामा देखिएका कमजोरीहरु सुधार गरेर जानुपर्ने तर्क गरे।  देवदह नगरको सांस्कृतिक, पुरातात्त्विक महत्वका बारेमा बोल्दै उनले समग्र विकासका लागि आफू इमानका साथ लागिपर्ने प्रतिबद्धता व्यक्त गरे  ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नम्बर १ प्रदेश २ का सांसद अब्दुल रज्जाकले नगरले बोकेको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधारको अभियानलाई आफुले सकेसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  । मूलुकमा राजनीतिक अस्थिरता रहेको दुखेसो गर्दै उनले हिजो गाउँगाउँमा सिंहदरबारको परिकल्पना गरिएपनी त्यो अधिकार प्राप्त नभएको धारणा व्यक्त गरे । अहिलेको निर्वाचनले राजनीतिक दलहरुलाई सुध्रने चेतावनी र अवसर दिएको बताउँदै सांसद राज्जकले दलहरु सुध्रेर अगाडि बढ्नुपर्ने बताए । संविधानको रक्षा गर्दै देशलाई आत्मनिर्भर बनाउन कृषीलाई योजनाबद्ध रुपमा अगाडि  बढाएर देवदहको समग्र विकासका लागि महामानव गौतम बुद्धसँग सम्बन्धित क्षेत्रहरुलाई उत्खनन् गर्न आवस्यक रहेको उनको भनाई छ। 

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नम्बर १ प्रदेश १ का प्रदेश सांसद आशिष कुमार चौधरीले देवदह नगरपालिकाको समृद्धिको लागि आफू निरन्तर लागिरहने बताउँदै प्रदेशको शिक्षा स्वास्थ्य भौतिक निर्माण लगायत समग्र पक्षको बिकासमा आफुले प्रदेशमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले अलग-अलग बनाइएका स-साना योजनाहरुले खासै राम्रो प्रतिफल नदिएकाले आगामी दिनमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा योजनाहरु अगाडि बढाउनुपर्ने आवस्यकता औँल्याए । प्रमुख खरेलले आगामी दिनमा संघीय सांसद र प्रदेश सांसदलाई नगरपालिकामै कार्यालय राखी काम गर्न अनुरोध समेत गरे ।

    कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले स्थानीय, प्रदेश र संघ गरि ३ तहको सरकार रहेकाले ३ वटै तहको समन्वय र सहकार्यमा काम गर्नुपर्नेमा जोड दिए । उनले देवदह नगरपालिकालाई समृद्ध नगर बनाउनका लागि संघ, प्रदेश र स्थानीय तहले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरे ।

    नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र अधिकृत गंगा प्रसाद पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।