देवदह । रुपन्देहीको क्षेत्र नम्वर १, का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छविलाल विश्वकर्माले सरकार परिवर्तनका कारण जेष्ठ नागरिकको भत्ता ५ हजार पुर्याउन नसकिएको बताएका छन्। बुधवार देवदह–२ मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीको संयुक्त प्रचार प्रसार कार्यालयको उद्घाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता विश्वकर्माले क्षेत्र नम्वर १ को विकासको लागि विभिन्न योजनाहरु अगाडि सारेपनि सत्तागठबन्धनले बजेट होल्ड गर्दा विकास निर्माणका कामहरु समेत अगाडि बढ्न नसकेको बताएका हुन्।
एमालेका केन्द्रिय सचिव तथा यसै क्षेत्रका निवर्तमान सांसद समेत रहेका नेता विश्वकर्माले राष्ट्रको अहितमा काम गरेका सत्तागठवन्धनलाई परास्त गर्ने बेला आएकोले कार्यकर्ताहरु सचेत भएर लाग्नु पर्नेमा जोड दिए । उनले रुपन्देहीको क्षेत्र नम्वर १ का विभिन्न स्थानलाई जोड्ने गरी सडक सञ्जालका योजनाहरु अगाडि बढेको उहाले दावी गर्दै एमालेको सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका एक अस्पतालको अवधारणा समेत अगाडि सारेको बताए । रोहिणी नदीलाई व्यवस्थित गर्नको लागि राष्ट्रिय योजनाको रुपमा अगाडि सार्ने बताउदै उनले नागरिकले दिएको सल्लाह, सुझावलाई आत्मसाथ गर्दै आगामी दिन कार्यान्वयन गर्ने बताए ।
सोही अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रिय अनुसासन आयोगका सदस्य तथा संयुत्तफ् निर्वाचन परिचालन कमिटीका संयोजक डा. कृष्णप्रसाद न्यौपानेले स्वतन्त्र उम्मेदवार घनश्याम भूषालमा राजनीतिक संस्कार नभएको आरोप लगाए । पार्टीको जिम्मेवारीलाई छोडेर स्वतन्त्र रुपमा निर्वाचन लड्नेहरुलाई जनताले सवक सिकाउने दावी गर्दै उनले क्षेत्र नम्वर ३ का जनताले तिरस्कार गरेपछि घनश्याम भूषाल १ बाट स्वतन्त्र रुपमा उम्मेदवार बनेको आरोप लगाए।
कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रजापति सापकोटाको अध्यक्षता, राष्ट्रिय प्रजातन्त्र पार्टी देवदहका अध्यक्ष माधव रिमालको स्वागत र नारायण ठकुरीको संचालनमा कार्यत्रफ्म सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology