Logo

२०८३, श्रावण ३०गते


images
images

२५ बर्षमा नभएको विकास एमालेले ५ बर्षमा गरेको छ: छविलाल विश्वकर्मा

२५ बर्षमा नभएको विकास एमालेले ५ बर्षमा गरेको छ: छविलाल विश्वकर्मा

images
  • २५ बर्षमा नभएको विकास एमालेले ५ बर्षमा गरेको छ: छविलाल विश्वकर्मा
    images
    images

    देवदह । शिक्षा, स्वास्थ्य र भौतिक पुर्वाधारमा २५ बर्षसम्म नभएको काम ५ बर्षमा भएको नेकपा एमालेबाट रुपन्देही क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका नेता छविलाल विश्वकर्माले बताएका छन् । 

    images
    images
    images

    शुक्रबार एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचन परिचाल कमिटीद्धारा आयोजित देवदह १, ११ र १२ को प्रचार प्रसार कार्यालय उद्घाटन तथा घरदैलो अभियानको क्रममा नेता विश्वकर्माले रुपन्देहीको क्षेत्र नम्वर १ मा विकास पुर्वाधारको जग बसाल्ने काम आफनो कार्यकालमा गरेको दावी गरे । 

    images
    images
    images

    यसै क्षेत्रका निवर्तमान सांसद र पुर्व मन्त्री समेत रहेका नेता विश्वकर्माले अव बन्ने नेकपा एमालेको सरकारले खैरेनीदेखि धकधइसम्म दुई लेनको सडक निर्माण कार्यलाई पूर्णता दिने बताए । रणनितीक महत्वको सडक एमालेको सरकारले शुरुवात गरेपनि सत्तागठबन्धनको सरकारले बजेट कटौती गरेर रोक्ने काम गरेको उनले आरोप लगाए ।

    images
    images
    images

    घरदैलो कार्यक्रममा नेता विश्वकर्मालाई समानुपातिक विकास गर्न आमनागरिकहरुले सुझाव दिएका थिए । सो क्रममा उनले समानुपातिक विकासको लागि एमाले सदैव तयार रहेको बताएका थिए ।

    सोही अवसरमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा क्षेत्र नम्वर १(१) प्रदेश सभा सदस्य पदका उम्मेदवार आशिषकुमार चौधरीले विकास निर्माणका काम गर्न एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए । रुपन्देहीको क्षेत्र नम्वर १ मा नेपाली काग्रेसले धेरै समय शासन गरेपनि विकास निर्माणका काम भने हुन नसकेको बताउँदै उम्मेदवार चौधरीले ६ दलीय सत्तागठबन्धन सत्ता स्वार्थमा लिप्त टिप्पणी गरे ।

     संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक तथा राप्रपाका नेता माधव रिमालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री ताहिर अलि, नेकपा एमालेका प्रदेश कमिटी सदस्य हिरा केवट लगायतले बोलेका थिए । 

    कार्यक्रम एमालेका भेषराज भट्राईको स्वागत र अजय रौनियारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छविलाल विश्वकर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।