Logo

२०८३, श्रावण ३०गते


images
images

स्वतन्त्र उम्मेदवारको कुनै अर्थ छैन: छविलाल विश्वकर्मा

स्वतन्त्र उम्मेदवारको कुनै अर्थ छैन: छविलाल विश्वकर्मा

images
  • स्वतन्त्र उम्मेदवारको कुनै अर्थ छैन: छविलाल विश्वकर्मा
    images
    images

    देवदह । विपक्षी गठबन्धनबाट रुपन्देही-१ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका नेकपा (एमाले) का नेता छविलाल विश्वकर्माले रुपन्देही क्षेत्र नं. १ मा आफू मात्रै दलिय उम्मेदवार भएको बताएका छन् । दलको उम्मेदवार आफू मात्रै रहेको बताएका उनले दलिय व्यवस्थामा दलको उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै स्वतन्त्र उम्मेदवारको कुनै अर्थ बताए । 

    images
    images
    images

    रोहिणी गाउँपालिकामा संयुक्त निर्वाचन प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा बोल्दै विश्वकर्माले उक्त कुरा बताएका हुन् । 

    images
    images
    images

    दशगजादेखि दलदलेसम्म समानुपातिक विकासको लागि आफु प्रतिवद्ध रहेको बताउँदै उनले आफनो ५ बर्षे कार्यकालमा दक्षिण क्षेत्रलाई बढि महत्व दिएको बताए । क्षेत्रको समग्र विकासको लागि दक्षिणबाट शुरुवात गरेको उल्लेख गर्दै उनले गठबन्धन सरकार गठनसंगै मंहगीले सिमा नाघेको, भ्रष्टचार बृद्धि भएको, किसानले मल, विऊ पाउन नसकेको धारणा व्यक्त गरे ।

    images
    images
    images

    सत्तारूढ गठबन्धनका उम्मेदवार घनश्याम भुसालतर्फ इंगित गर्दै विश्वकर्माले जनमतको अनाधार गर्दै अदालत गएर प्रतिपक्षलाई सत्ता सुम्पनेहरु एमालेले उम्मेदवार नबनाए पछि स्वतन्त्र बनेर मत माग्न तर्क गरे । 

    सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(१) प्रदेश सभाका उम्मेदवार आशिषकुमार चौधरीले शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासको लागि एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए । उनले यस क्षेत्रमा नेपाली काँग्रेसले धेरै बर्ष निर्वाचन जितेपनि खासै विकास हुन नसकेको बताउँदै क्षेत्रको विकासको लागि साझा उम्मेदवारलाई जिताउन आग्रह गरे ।

    स्मरण रहोस्, नेता विश्वकर्माले दलिय उम्मेदवार आफुमात्रै रहेको बताए पनि जनमत पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल,  हाम्रो नेपाली पार्टी र मंगोल नेशनल अर्गनाइजेसन गरि  अन्य छ दलका उम्मेदवार पनि उनीसंगै मैदानमा छन् । भने सत्तारूढ गठबन्धनको समर्थन प्राप्त स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल, अर्का स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं लगायत २१ उम्मेदवारहरूले यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छविलाल विश्वकर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।