देवदह । लिपियाधुरा लिपुलेक र कालापानी समेटीएको चुच्चे नक्सा जारी गरेसंगै नेकपा एमाले सरकारबाट हट्नु परेको सो पार्टीका नेता एवं रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छविलाल विश्वकर्माले बताएका छन्
तिलोत्तमा–१० मा एमाले, राप्रपा र जसपाको संयुक्त घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता विश्वकर्माले उक्त कुरा बताएका हुन् ।
भारतले नाकाबन्दी गर्दा समेत बोल्न नसक्नेहरुले राष्ट्यिताको कुरा गरेको उल्लेख गर्दै उनले एमाले राष्ट्रियताको पक्षमा पछी नहट्ने दावी गरे ।
पार्टीको घोषणापत्रमा २० ग्यारेन्टी गरेको बताउदै उनले ती सबै एजेन्डा कार्यान्वयन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
पुर्वमन्त्री समेत रहेका विश्वकर्माले एमाले सरकारबाट हटेपछि सत्तागठबन्धनले अनावश्यक मन्त्रीहरुको संख्या बृद्धि गरेर राज्यलाई आर्थिक भार थप्ने काम गरेको बताए । एमालेको सरकारले राष्ट्रको हितमा महत्वपूर्ण योजनाहरु अगाडि सारेपनि बर्तमान सरकारले बजेट कटौती गरेको उनको आरोप छ ।
सोही अवसरमा बोल्दै अर्का एमाले नेता तथा रुपन्देही-१(२) का उम्मेदवार दधिराम न्यौपानेले यस क्षेत्रको विकासको लागि एमालेको नेतृत्वमो सरकार आवश्यक रहेको बताए । नेता न्यौपानेले एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।
घरदैलो कार्यक्रममा तीनै दलका नेता, कार्यकर्ताहरुको उल्लखनीय सहभागिता रहेको निर्वाचन परिचालन कमिटीका संयोज हिमाल पाण्डेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology