Logo

२०८३, श्रावण ३०गते


images
images

कर्णालीबाट प्रतिनिधिसभामा एमाले 'निल' !

कर्णालीबाट प्रतिनिधिसभामा एमाले 'निल' !

images
  • कर्णालीबाट प्रतिनिधिसभामा एमाले 'निल' !
    images
    images

    सुर्खेत । गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशमा पहिलो दल बनेको एमालेले यसपल्ट प्रतिनिधिसभाका सबैजसो सिट गुमाएको छ । ०७४ मा १२ मध्ये ६ सिट जितेर पहिलो भएको एमालेले यसपटक सबै ठाउँमा हार बेहोर्ने निश्चित भएको हो । मतगणना भइसकेका जिल्लामा एमालेले प्रतिनिधिसभामा कुनै ठाउँ जितेन भने गणना भइरहेका क्षेत्रमा पनि एमालेको अग्रता कमजोर छ ।

    images
    images
    images

    यसअघि दैलेखका दुवै क्षेत्र जितेको एमालेले अहिले दुवै सिट गुमाएको छ । ०७४ मा क्षेत्र १ मा रवीन्द्र शर्मा र २ मा राजबहादुर बुढा विजयी भएका थिए । यसपालि शर्मालाई उनकै पूर्वसहकर्मी एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्बरबहादुर थापाले पराजित गरे । थापाले १८ हजार २ सय ९७ मत ल्याउँदा शर्माले १७ हजार ४ सय ३७ मत पाए । क्षेत्र २ मा पनि कांग्रेसका दिक्पालकुमार शाही थोरै मतान्तरले निर्वाचित भएका छन् । उनले २० हजार १ सय ५८ मत ल्याउँदा एमालेका लक्ष्मीप्रसाद पोखरेल २० हजार ५ मत ल्याएर पराजित भए ।
    यसअघि सुर्खेतका दुवै क्षेत्र जितेको एमालेले यसपटक दुवै गुमाएको छ । सुर्खेत–१ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का ४२ हजार ६ सय ७ मत ल्याउँदै विजयी भएका छन् । एमालेका ध्रुवकुमार शाहीलाई उनले ११ हजार ६ सय १९ मतान्तरले पराजित गरेका हुन् ।

    images
    images
    images

    शाहीले ३० हजार ९ सय ८८ मत ल्याएका छन् । सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी ३४ हजार ६ सय २५ मतसहित विजयी हुँदा एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बीसी ५ हजार ६७ मतान्तरले पराजित भएका छन् । ०७४ मा एमालेका नवराज रावतसँग पराजित भएका थानीले यसपटक गठबन्धनको बलमा जित निकालेका हुन् ।

    images
    images
    images

    डोल्पामा गत निर्वाचनमा एमालेबाट जितेका धनबहादुर बुढा यसपालि एकीकृत समाजवादीमा छन् । उनले एमालेका गणेशबहादुर शाहीलाई भारी अन्तरले पराजित गरेका छन् । बुढा ११ हजार २ सय २५ मतसहित विजयी हुँदा उनकै पूर्वसहकर्मी शाहीले ५ हजार ४ सय ९८ मतमा चित्त बुझाए । यसअघि मुगुबाट एमालेका गोपालबहादुर बमले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए । अहिले त्यहाँ पनि एमाले पछाडि छ । बिहीबार राति ९ बजेसम्म कांग्रेसका ऐनबहादुर शाही ठकुरी ५ हजार २ सय ५५ मतसहित अघि रहँदा एमालेका राजबहादुर कार्कीले ४ हजार २ सय ४४ मतसहित उनलाई पछ्याइरहेका छन् । मतगणना गर्न बाँकी रहेका कालीकोट, हुम्ला र रुकुम पश्चिम माओवादीका प्रभाव क्षेत्र मानिन्छन् ।

    प्रतिनिधिसभामा सबैजसो सिट गुमाउनुमा गठबन्धनलाई पहिलो कारण मान्छन् एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाह । ‘कहाँ ४/५ वटा दलको गठबन्धन, कहाँ एउटै पार्टी,’ दैलेखबाट प्रदेशसभा २ (२) मा ९ हजार ४ सय ६४ मतसहित विजयी उनले भने, ‘उनीहरूले जितेका ठाउँमा पनि हाम्रो झिनो मतान्तर छ ।’ उनले पनि झिनो मतले जितेका हुन् । उनका प्रतिस्पर्धी माओवादीका योगेन्द्रबहादुर शाहीले ९ हजार ३ सय ८१ मत पाएका थिए ।प्रदेशसभामा भने एमालेले ४ सिट जितेको छ ।

    यसअघि प्रदेशसभामा माओवादी पहिलो दल थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा यसअघि एमालेले प्रत्यक्ष र समानुपातिक दुवै गरी २० सिट जितेको थियो । एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेलले प्रदेशमै जित दोहोर्‍याएका छन् । मुख्यमन्त्रीको आकांक्षासहित आफूभन्दा कनिष्ठ नेताहरूलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएका उनले कांग्रेसका कालीप्रसाद शाक्यलाई पराजित गरेका हुन् ।

    ०७४ मा कर्णालीका ६९ स्थानीय तहमध्ये २७ वटा जितेर पहिलो भएको एमालेले वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा १५ ठाउँमा चित्त बुझाएको थियो । एमालेको अवस्था कमजोर हुनुमा शीर्ष नेताको दम्भ, हेभिवेट नेताको अभाव, संगठन राम्रो भए पनि यसअघि जितेर गएका सांसदले कार्यकर्ताका मागलाई बेवास्ता गर्नु प्रमुख कारण रहेको बताउँछन् राजनीतिक विश्लेषक अर्जुन अयडी । ‘कर्णालीको सन्दर्भमा कार्यकर्ताको माया पनि पछिल्लो समय एमालेप्रति घट्दै गएको छ,’ उनले भने, ‘अरू पार्टीभन्दा संगठन बलियो भए पनि कर्णालीमा यामलाल कँडेलबाहेक हेभिवेट नेता खासै छैनन्, उनमा पनि स्पष्ट भिजन र मिसन नहुँदा कार्यकर्तामा पार्टीप्रति आकर्षण छैन ।’ उनले पार्टीमा बढ्दो अन्तद्र्वन्द्व र विभाजनको असर पनि गहिरो हुँदै गइरहेकाले एमाले कमजोर बन्दै गएको दाबी गरे ।

    मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले राजनीतिप्रति युवा पुस्तामा निराशा हुनु, अधिकांश युवा बाहिर हुनु, उम्मेदवारहरूले व्यक्तिगत स्वार्थलाई आफ्नो उपलब्धि मान्नु, दलहरू पुस्तान्तरण नहुनुलगायतका कारणले कर्णालीमा सबै ठूला दलको प्रभाव घट्दै गएको बताए । उनका अनुसार नेताहरूले चुनावमा उठाएका एजेन्डा भुल्दा सबै दलप्रति जनविश्वासघट्दै गएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्णाली प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।