Logo

२०८३, श्रावण ३०गते


images
images

नराम्रा काम नगर्ने र गर्न नदिने अठोटका साथ तेस्रोपटक प्रधानमन्त्री भएको छु : प्रचण्ड

नराम्रा काम नगर्ने र गर्न नदिने अठोटका साथ तेस्रोपटक प्रधानमन्त्री भएको छु : प्रचण्ड

images
  • नराम्रा काम नगर्ने र गर्न नदिने अठोटका साथ तेस्रोपटक प्रधानमन्त्री भएको छु : प्रचण्ड
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नराम्रा काम गर्दै नगर्ने र गर्न नदिने अठोटका साथ तेस्रोपटक प्रधानमन्त्री भएको बताएका छन्। 
    शुक्रबार नेपाल हस्तकला महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पटक राम्रो काम गर्ने,काम गरेर देखाउने। सकेसम्म भाषण कम गर्ने कोसिस गर्ने, काम धेरै गर्ने, राम्रा काम मात्रै गर्ने, नराम्रा काम गर्दै नगर्ने र गर्न पनि नदिने अठोटका साथ तेस्रोपटक ४४ औं प्रधानमन्त्रीको रुपमा नेपाली जनताको सामु छु।’

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले आफू ठूलो अग्नि परीक्षामा रहेकोसमेत बताए। उनले ठूलो बलिदान र संघर्षपछि संविधानसभाको घोषणामार्फत अहिलेको उपलब्धि हासिल भएको दाबी गरे।

    images
    images
    images


    अहिले प्रतिनिधि सभामा जस्तो बनोट देखिन्छ। एकातिर जनताको कहीँ न कहीँ जनताको पार्टी नेतृत्वप्रति जनताको असन्तुष्टि र निरासा पनि झल्किन्छ। अझै पनि एकचोटी मौका दिनुपर्छ भनेर जनताले ठूलो विवेक प्रयोग गरेको पनि देखिन्छ,’ उनले भने।
    प्रचण्डले कसैलाई बढी दम्भ गर्ने छुट जनताले नदिएको स्पष्ट पारे। उनले संघीय संसद्लाई जनताले अग्नि परीक्षा दिएको बताउँदै यसपटक उतीर्ण हुने दाबी गरे।

    images
    images
    images


    उनले सातवटै प्रदेशमा हस्तकला विस्तार गर्नका लागि अघि बढ्ने प्रतिबद्धता पनि जनाए। उनले हस्तकलामा ४ हजार सदस्य रहेको र प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ११ लाख व्यक्तिले रोजगार पाएको दाबी गरे। 
    हस्तकला विकासको अर्गानिक क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालीको सीप र जाँगरलाई प्रयोग गरेर नेपालसँगै विश्वभरी व्यापार गर्न सकिने असीमित क्षेत्र भएको बताए। 
    आफू कृषिको विद्यार्थी भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले कयौं हस्तकला कृषिसँग सम्बन्धित भएको ठोकुवा गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।