पोखरा । यती एयरको विमान दुर्घटनामा परेका मृतकको शव परिवारलाई भोलि बुझाइने भएको । मृत्यु भएका र संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने र भोलि परिवारलाई बुझाइने भएको ह।
पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिएका छन।
शाहीका अनुसार पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उनले बताए ।
६८ यात्रुसहित ७२ जना सवार विमान आइतबार पोखरामा दुर्घटना भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology