देवदह । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा देवदहमा मैनबत्ती जलाईएको छ। दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार साँझ देवदहका युवाहरूले मैनबत्ती बालेका हुन ।
आइतवार काठमाडौँबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

मृतकको चिर शान्तिको कामना गर्दै देवदहको खैरेनीचोकमा लियो क्लव अफ लर्ड बुद्ध र शंकरपुर बजार चोकमा वडा नम्बर ११ र १२ का युवाहरुले सोमबार साँझ दीप प्रज्ज्वलन सहित एक मिनेट मौन धारण गरेका छन् । दीप प्रज्वलन गर्दै उनीहरुले दुर्घटनाका सबै मृतकको चिर शान्तिको कामना गरेका थिए।

खैरेनीचोकको कार्यक्रममा देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायतको उपस्थिति थियो भने शंकरपुर बजार चोकमा दीप बालेर स्थानिय युवा, समाजसेवी, शिक्षक, नेता, विद्यार्थी लगायत सर्वसाधारणद्वारा मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology