Logo

२०८३, श्रावण ३१गते


images
images

विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेलको स्मृतिमा बुटवलमा शोकसभा 

विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेलको स्मृतिमा बुटवलमा शोकसभा 

images
  • विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेलको स्मृतिमा बुटवलमा शोकसभा 
    images
    images

    बुटवल । आइतवार पोखरामा भएको विमान दुर्घटनामा परि ज्यान गुमाउने पत्रकार त्रिभुवन पौडेल लगायतको स्मृतिमा प्रेस सेन्टर नेपाल रूपन्देहीले शोकसभा गरेको छ।  प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रहेका पौडेलको स्मृतिमा देशैभरीका शाखा कमिटीहरूले शोकसभा गर्ने केन्द्रिय सर्कुलर अनुसार बुटवलमा शोकसभा गरिएको सेन्टरका रुपन्देही जिल्ला इन्चार्ज रुद्रहरी कुँवरले जानकरी दिए। 

    images
    images
    images

    325253795_706736930858405_4409703230722492856_n.jpg

    images
    images
    images

    शोकसभामा बोल्दै नेकपा माओवादी केन्द्र रुपन्देहीक जिल्ला संयोजक निर्मल जिसीले दुर्घटनामा ज्यान गुमाउने पत्रकार पौडेल लगायत सम्पूर्णमा श्रद्दान्जली अर्पण गरे। सो क्रममा उनले यस प्रकारका भयानक दुर्घटनाबाट गम्भीर पाठ सिकेर आगामी दिनमा दुर्घटना दोहोरिन नदिन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताए । त्यसैगरी पत्रकार पौडेलसंग निकट सम्बन्धमा रहेर लामो समय काम गरेका प्रेस सेन्टर नेपालका उपमहासचिव यानेन्द्र जिसीले नेपाली पत्रकारिता जगतले एक होनहार पात्र  गुमाएकोमा दुख व्यक्त गरे। उपमहासचिव जिसीले पत्रकार पौडेलको जीवनी सहित उनको योगदानको चर्चा गरेका थिए। 

    images
    images
    images

    कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य सरु राना, भुवन कार्की, प्रदेश सदस्य संजय सौगात, माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य रामप्रसाद पोखरेल, बुटवल  उपमहानगर अध्यक्ष महेन्द्र भुसाल लगायतको उपस्थिति रहेको थियो। 

    जिल्ला इन्चार्ज रुद्रहरी कुँवरको अध्यक्षता रहेको शोकसभाको संचालन जिल्ला सचिव विष्णु पोखरेलले गरेका थिए। 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।