Logo

२०८३, श्रावण ३०गते


images
images

'केपी ओली कप' गर्न एन्फाले दियो अनुमति, विजेतालाई १० लाख दिइने

'केपी ओली कप' गर्न एन्फाले दियो अनुमति, विजेतालाई १० लाख दिइने

images
  • 'केपी ओली कप' गर्न एन्फाले दियो अनुमति, विजेतालाई १० लाख दिइने
    images
    images

    काठमाडौं । आगामी फागुनमा ११ गतेदेखि १७ गतेसम्म 'केपी ओली कप' फुटबल प्रतियोगिता हुने भएको छ।

    images
    images
    images

    युवा संघ नेपालले आयोजना गर्न लागेको सो प्रतियोगितालाई अनुमति दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले जानकारी दिए। 

    images
    images
    images

    'युवा संघले आयोजना गर्ने भनेर स्वीकृतिको लागि चिठी पठाएको थियो। त्यसमाथि पूर्वप्रधानमन्त्रीको नाममा हुने भनेपछि खुसीको कुरा पनि हो। त्यसलाई हामी स्वागत नै गर्छौं,' महासचिव राईले भने। 

    images
    images
    images

    युवा संघले सो प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाएको छ। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ। 

     

    प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुने एन्फा महासचिव राईले जनाए।

    अहिले दशरथ रंगशाला ए डिभिजन लिगका लागि मर्मत गर्ने काम भइरहेकाले केपी ओली कपका खेलहरू अन्य काठमाडौंकै अन्य मैदानमा हुने जनाए। 

    उनले प्रतियोगिताको सम्पूर्ण आयोजना युवा संघले गर्ने र त्यसमा एन्फाले केही सामग्री र प्राविधिक सहयोग गर्ने बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।