Logo

२०८३, श्रावण ३०गते


images
images

प्रथम रत्ननगर कप खुल्ला फुटबल प्रतियोगिता जेठ १ गतेदेखि हुने

प्रथम रत्ननगर कप खुल्ला फुटबल प्रतियोगिता जेठ १ गतेदेखि हुने

images
  • प्रथम रत्ननगर कप खुल्ला फुटबल प्रतियोगिता जेठ १ गतेदेखि हुने
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । चितवन रत्ननगरमा सोमबारदेखि प्रथम रत्ननगर कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटिको आयोजनामा टिकौंली चौरमा प्रथम रत्ननगर कप खुल्ला फुटबल प्रतियोगिता २०८० हुन लागेको रत्ननगरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको हो ।

    images
    images
    images

    कार्यक्रमका खेल संयोजक सरोज महतोका अनुसार आउँदो जेठ १ गते देखि १४ गतेसम्म प्रतियोगिता हुने छ । टिकौंली चौरको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

    images
    images
    images

    प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २ लाख २२ हजार २ सय २२ र द्धितीय हुनेलाई रु १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । महतोले प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई रु १ हजार नगद सहित मेडल प्रदान गरिने जानकारी दिए ।

    images
    images
    images

    प्रतियोगितामा चितवन, मकवानपुर, नवलपरासी जिल्लाका सहित १६ वटा टिमको सहभागिता रहने राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटिका अध्यक्ष सन्देश पन्तले जानकारी दिए ।

    प्रतियोगिताका सम्पन्न गर्न रु १५ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष पन्तले बताए ।कार्यक्रममा खेल समितिका उपसंयोजक रोमन तामाङ, युथ फोर्स वागमती प्रदेश सदस्य राजु गुरुङ, राष्ट्रिय युवा संघ रत्ननगर नगर कमिटि सदस्य आश्विन लामा लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुटबल प्रतियोगिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।