Logo

२०८३, श्रावण ३०गते


images
images

लघुकथा: यात्रा 

लघुकथा: यात्रा 

images
  • लघुकथा: यात्रा 
    images
    images

    लघुकथा: यात्रा 

    images
    images
    images

    "नाइ म त जान्न। पैसा नै छैन्।" मिङमाले भनि।
    "ह्या! पैसाको चिन्ता नगर न,म मिलाइहाल्छु नि।" मिनाले आश्वस्त पार्न खाेजी।
    मिना र मिङमा सिमभञ्ज्याङमा बस कुरेर बसे।
    "ए! भान्जीहरु जाने हाे?" बाइराेड हुँदै हेटाैँडा जाँदै गरेकाे बसको सहचालकले जिस्काउने शैलीमा साेध्याे।
    "छ्या! याे साेल्टि त हाम्लाई भान्जी पाे भन्छ।" भन्दै उनीहरु बस चढे।
    "भान्जी भने नि, साेल्टीना भने नि के फरक पर्याे त? रमाइलो गर्दै बाटो काट्ने मेसाे त हाे।" सहचालकले मन छाम्न खाेज्याे।
    बसमा पछाडि सिट खाली नै भए पनि उनीहरू क्याबिनमा छिरे।
    ``ए!भान्जीहरु यतै पाे बस्ने?" चालक पनि हाैसिए।
     ``अलि राम्रो राम्रो गीत बजाउनु नि,के यस्तो गीत बजाकाे?´´मिङमाले बजिरहेको गीत बदल्न भनी चालकलाई।
    चालकले गीत परिवर्तन गरे।"डाइबर दाइ मन पर्याे मलाई ......" गीत बज्न थाल्यो।
    गीत सुन्दै चालक र उनीहरू मस्तिमा झुम्न थाले।बिच बिचमा सहचालक पनि क्याविनमा छिर्दै छाडा गफमा सहभागी हुँदै सन्तुष्टि लिन्थ्याे।
    ड्राइभर र ठिटीहरुकाे हाउभाउ नियालिरहेका यात्रीहरु खिन्न थिए।``कतै ड्राइभरले गाडी दुर्घटना त पार्ने हैन्?" यात्रीहरु एकापसमा आशङ्का व्यक्त गर्थे।
    जसाेतसाे गाडी हेटौंडा नजिक पुग्नै आँट्याे।
    "ए! भान्जी भाडा पाऊँ है,अब झर्ने बेला भै सक्यो त।" सहचालकले ठिटीहरुलाई सम्झायाे।
    के काे भाडा?हामीसँग त छैन् पैसा सैसा,हैन त गुरुजी? मिनाले चालक तर्फ हेर्दै लाडे पारा देखाइ।
    ए! त्यस्तो पाे? टिकट न पैसा त्यसै भान्जी हेटौंडा !?"
    सहचालकले आश्चर्य मिश्रित प्रश्न तेर्सायाे।

    images
    images
    images

    मित्र 'उराठी' गाैतम
    अमरपुर,गुल्मी हाल: तिलाेत्तमा-२, रुपन्देही 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुकथा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।