Logo

२०८३, श्रावण ३०गते


images
images

प्रदेश १ को नाममा प्रधानमन्त्रीको चासो

प्रदेश १ को नाममा प्रधानमन्त्रीको चासो

images
  • प्रदेश १ को नाममा प्रधानमन्त्रीको चासो
    images
    images

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ को नामबारे चासो राखेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की बुधबार बिहान बालुवाटार पुगेका थिए । भेटमा सरकारको काम र विकास निर्माणबारे छलफल भएको कार्कीले बताए । ‘उहाँ प्रधानमन्त्री भएपछि यो पहिलो भेटघाट हो’, कार्कीले भने, ‘प्रदेशको विकास र प्रदेशलाई मजबुत बनाउने विषयमा छलफल भयो ।’

    images
    images
    images

    प्रधानमन्त्रीले प्रदेशलाई मजबुत बनाउन शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने आश्वासन दिएका छन् ।

    images
    images
    images

    उनले प्रदेशको नामका विषयमा पनि चासो राखेका छन् । ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले नाम राख्न सकेको छैन । मुख्यमन्त्री कार्की भन्छन्, ‘मैले चाँडै नाम राख्ने प्रक्रिया अघि बढाउने बताएको छु ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।