शिक्षक बम बहादुर लाइ एक दिन स्कूल जाने बेलामा मासु खाने मुड चलेछ। अनि एक किलाे खसीकाे मासु किनेर घर छाेड्दै श्रीमतीलाइ भनेछ - "हेर, हामी दुइ जनालाइ एक किलाे मासु ल्याएकाे छु। आधाकाे भुटुवा र आधाकाे रसवाला गरी पकाउनु, भरे म आएपछि सँगै बसेर खाउँला।" श्रिमति पनि धेरै पछि मासु खाने भएकोमा खुशि हुदै अनि "हस" भन्दै मर मसलाको जोहो गर्न लागिन्।
उ स्कूल हिँड्याे। कक्षामा पढाउँदा पनि पटक-पटक मासु नै सम्झेर थुक निल्ने गर्थ्याे। राम्ररी पढाउन पनि जाँगर चलेन। ध्यान जती फर्कँदा चिउरा किनेर लैजाने र मारि चिरिम-चिरिम पारेर मज्जाले साझ मासु चिउरा अनि राती मासुभात खाएर सुत्नेमा थियाे।
उता श्रीमतीले मासु पकाउन थालीन। भुट्दै चाख्दै गर्न थालिन। भुटुवा निकालेर बाँकीमा रस राखिन। यत्राे धेरै मासु छ भन्दै दुवै थरी एक एक डाडु खाइन् । अनि आगन् बढारिन। आगन् बढार्दा पनि मासु कै स्वाद जिब्राे भरी आइरह्याे। बढारी सकेर फेरि कलिकति मासु झिकेर खाइन। बाख्रालाइ पानी दिइन। पानी दिइ सकेर फेरि अलिकति खाइन् । भकाराे साेहाेरिन, फेरि खाइन् । यसरी हरेक काम सक्ने वित्तिकै अलिकति मासु झिकेर चाख्दै रहिन्, किनकी मासु अत्यन्तै मिठाे भएकाेले उनकाे जिब्राेले बारम्बार सम्झिरहन्थ्याे। यसरी खाँदा खाँदा मासु सकियाे।
४ बजे स्कूल सकियाे। शिक्षक बम बहादुर मुख मिठ्याउदै हतार हतार घर आयो । कपडा फेरेर हातमुख धोइवरी भान्सामा गयाे। श्रीमति पनि डराइ-डराइ भान्सामा गाइन्। किन कि उनी बम बहादुरको रिसबाट पक्कै अपरिचित थिइनन्। बम बहादुर पिर्कामा बसेर चिउरा दिँदै ल अब मासु चिउरा खाउँ भन्न थाल्याे।
के भन्ने के, बुढि इन्तु न चिन्तु भएको बेला एउटा बिरालाेकाे छानाे छाउराे म्याउँ गर्दै भान्साबाट फुत्त बाहिर गयाे। श्रीमती रून थालिन। 'के भयाे' भनेर बम बहादुरले साेध्दा म बाहिरकाे काम गर्न निस्कँदा यही बिरालाेले सबै मासु चाटचुट पारेर सकेछ भनेर रूँदै जवाफ दिइन् । बम बहादुर अत्यन्तै रिसायाे। लखेटेर बिरालाेकाे त्याे छाउराे समात्याे। गाउँ डुलेरै भएपनि तराजु खाेजेर ल्यायाे र श्रीमती कै अगाडि बिरालाे जाेख्याे। बिरालाेकाे ताैल एक किलाे मात्रै भयाे।
बम बहादुरले श्रीमतीलाइ साेध्याे - "एक किलाे मासु खाएकाे बिरालाेकाे ताैल कसरी एक किलाे भयाे? यदी, यै बिरालाे हाे भने एक किलाे मासु खोइ ? कि मासु देखा, कि बिरालाे देखा..." भन्दै श्रिमतिलाई तोरिको फुल देख्ने गरि दुइ लबटा हान्यो।
झापा बिद्रोह, २०३६ सालकाे आन्दोलन् , ०४१ सालकाे सत्याग्रह, २०४६ सालकाे आन्दोलन् , १० वर्षे सशस्त्र क्रान्ति, ति १७,००० निमुखा जनता अनि कयौका काख्, हजारौका सिउदो, लाखौ बेघरबार्, अपाङ्ग, घाइते जनता र बिरक्तिएको हाम्रो मन्, ०६२०/६३ काे जनआन्दोलन् , मधेश आन्दोलन् आदिले यस्तै पहिलाकाे भन्दा पनि भ्रष्ट थीतिकाे व्यवस्था र अभ्यास जनताले व्याेहाेर्नु पर्ने भए, हामी जनताले पार्टी भन्दा माथि उठेर आ-आफ्ना दल र गुटका नेता हरूलाइ साेध्ने बेला भएन? हो हजुर्, अब किन नसोध्ने हामिले गरेको त्याग्, बलिदानि अनि त्यो समर्पणको रिजल्ट? कि त हाम्राे त्याग देखा, कि त उपलब्धि देखा भनेर..."
-निर्मल घिमिरे, जापान
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology