Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा सभापति लामिछानेको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

रास्वपा सभापति लामिछानेको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

images
  • रास्वपा सभापति लामिछानेको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
    फाइल फोटो
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोशन पुरीले प्रेस विज्ञप्ति जारि गर्दै लामिछानेले पत्रकार सम्मेलनमा नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको उल्लेख गरेका छन् ।
     
    विज्ञप्तिमा भनिएको छ- "संसदको चौथो ठूलो दलका सभापति तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र  सञ्चारक्षेत्रमाथिको प्रहार हो । सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार  प्रतिष्ठन र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ ।"

    images
    images
    images

     सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघको ठहर छ । साथै आफ्नो अभिव्यक्ति फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न  समेत महासंघले माग गरेको छ ।

    images
    images
    images

    त्यसैगरि नेपाल प्रेस यूनियनले पनि प्रेस विज्ञप्ति जारि गर्दै लामिछानेको अभिव्यक्तिमा ध्यानाकर्षण भएको जनाएको  छ।

    images
    images
    images
    329325403_899409201279387_4771354344583298928_n.jpeg

     

    329345707_1623395298110128_40969820947083586_n.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।