Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहको चिनारी गीत 'हाम्रो देवदह' सार्वजनिक (भिडियो सहित)

देवदहको चिनारी गीत 'हाम्रो देवदह' सार्वजनिक (भिडियो सहित)

images
  • देवदहको चिनारी  गीत 'हाम्रो देवदह' सार्वजनिक (भिडियो सहित)
    images
    images

    देवदह । लोक तथा आधुनिक गायक तेजु अर्यालको गीत 'हाम्रो देवदह´ सार्वजनिक भएको छ । रुपन्देहीको देवदहमा एक कार्यक्रमकाबीच नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले गीत सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    उक्त गीतमा देवदहको माटो, ऎतिहासिक पर्यटकीय स्थलको चिनारी, कृषि र पर्यटनको बर्णन, भेषभुषा, जातिय पहिचान, धर्म संस्कृतिका कुरा समेटिएको गायक अर्यालले बताए ।

    images
    images
    images

    भिडियोमा कोलिय गणराज्यको राजधानी ऎतिहासिक देवदहको रोहिणी नदि, बैरीमाई, कन्यामाई, पाकडी बृक्ष, दाउन्ने, भवानीपुर, देवदहमा रहेका सिमसार क्षेत्र तथा पार्क लगायत स्थलको दृश्य समेटेर छायांकन गरिएको छ।

    images
    images
    images

    गितमा तेजु अर्याल, सुरुची पन्त र किशोर विकको आवाज रहेको छ । तेजु अर्यालको शब्द र किशोर विकको संगीत रहेको हाम्रो देवदह नामको गित 'तेजु अर्याल' युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

    गायक तेजु अर्यालले 'बालेर दियो', 'च्यानाकुटी च्यानाकुटी झ्याई','जुन माटोमा', “जमेको दिल” , तीज गीत ढल्की ढल्की नाच्नलाई लगायत ५० बढी गीतमा आवाज दिएका छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।