रुपन्देही । वि. सं. २०५४ सालमा 'जुन माटोमा मैले आँखा खोले, जुन माटोमा मैले हातपाउ टेके' बोलको देशभक्ती भावनाले ओतप्रोत गीत रेडियो नेपालमा रेकर्ड गराएर सांगीतिक क्षेत्रमा होमिएका लोकप्रिय गायक तेजु अर्यालको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली हिन्दु नारीहरुको पवित्र पर्व तीज नजिकिएसंगै गायक अर्यालको 'ढल्की ढल्की नाच्नलाई' बोलको तीज गीत सार्वजनिक भएको हो ।
सलीना म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतमा शब्द, स्वर र संगीत गायक तेजु अर्यालकै रहेको छ भने स्वरमा उनलाई गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् ।
गीतमा संगीत संयोजन कृष्ण बिक (भान्जा) को रहेको छ । गीतको म्युजिक भिडियोमा बिमल अधिकारीको साथमा बेबो आचार्य, जुनु सुन्धौली र सरोज सापकोटाको अभिनय रहेको छ । जसमा कजिश श्रेष्ठको नृत्य निर्देशन, दिपक गिरीको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको छ ।
हालसम्म २५ बढी गीतमा स्वर, शब्द तथा संगीत दिएका गायक अर्यालको उक्त 'ढल्की ढल्की नाच्नलाई' तीज गीत यो समाचार तयार गर्दासम्म ३५ हजार बढी दर्शकले युट्युव च्यानलमा हेरिसकेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology