Logo

२०८३, श्रावण ३०गते


images
images

पशुपति शर्माको 'कति नक्कल पार्न मन लाहोला' २ दिनमै दुई लाख बढिले हेरे (भिडियो सहित)

पशुपति शर्माको 'कति नक्कल पार्न मन लाहोला' २ दिनमै दुई लाख बढिले हेरे (भिडियो सहित)

images
  • पशुपति शर्माको 'कति नक्कल पार्न मन लाहोला' २ दिनमै दुई लाख बढिले हेरे (भिडियो सहित)
    images
    images
     

    काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । 

    images
    images
    images

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोकप्रिय दोहोरी गायक पशुपति शर्माको यस बर्षको दोस्रो तिज कोसेली 'कति नक्कल पार्न मन लाहोला' भखर्रै सार्वजनिक भएको छ । 

    images
    images
    images

    यो समाचार पार्दासम्म २ लाख १९ हजार दर्शकले युट्युवमा उक्त हेरिसकेका छन् । सधैका तीज तताउँदै आएका पशुपति शर्माले यही गीतमार्फत यसपालिको तीज पनि राम्रैसंग तताउन सक्ने लोक गायक समेत रहेका संचारकर्मी वासुदेव पोखरेल बताउँछन् ।

    images
    images
    images

    प्रसिद्ध गायक पशुपति शर्मा र गायिका रेनुका भट्टराईको आवाजमा सजिएको उक्त गितमा पशुुपति शर्माको उत्कृष्ट लय शब्द रचना रहेको छ । निकै मौलिक शब्दहरुमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । 

    प्रकाश भट्टको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा आर्यान घिमिरे र रक्षा भट्टराईको डान्सिंग फिचर रहेको छ । 

    अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई अजय रेग्मीले छांयाकन एवम् विष्णु शर्माले सम्पादन गरेका छन् । गित पशुपति शर्माको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ । 

     गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् पुरा म्युजिक  भिडियो :

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।