Logo

२०८३, श्रावण ३०गते


images
images

'पुर्खे बा' को  तीज गीत 'तिर्सना' सार्वजनिक

'पुर्खे बा' को  तीज गीत 'तिर्सना' सार्वजनिक

images
  • 'पुर्खे बा' को  तीज गीत 'तिर्सना' सार्वजनिक
    images
    images

    माधव ज्ञवाली, गुल्मी  । ’पुर्खे बा’ का नामले हाँस्य क्षेत्रमा परिचित पुरूषाेत्तम भण्डारीले नयाँ तीज गीत बजारमा ल्याएका छन् । केही बर्ष  पहिले  ल्याएकाे 'पानी मरूवा' लाई निरंतरता दिँदै त्यसैको नयाँ भाग पानी मरुवा भाग- ४ 'तिर्सना' बजारमा ल्याएका हुन् । 

    images
    images
    images

    उक्त गीतमा स्वर गुल्मेली कलाकार स्वंयम भण्डारीकै र लक्ष्मी तिवारी (तिवारी आमा) र रिना केसीको  रहेको छ। यसमा  लय/शब्द पनि उनकै रहेको छ।

    images
    images
    images

    गीतमा बिशेष गरी बिहे गरेर घर गर्न गएकी छोरीको बेदनालाई प्रस्तुत गरिएको छ। गितमा घर गर्न गएकी छोरीले जति दु:ख गरेपनि जस नपाएको, सासूद्वारा अपहेलित भएको र आफ्नै श्रीमान समेतले वास्ता नगरेको भाव देखाइएको छ। 

    images
    images
    images

    दु:ख पोख्ने ठाउँ कतै नभएकोले छोरीले आफ्ना सबै बेदना आफ्नो बुवालाई सुनाएकी हुन्छिन।
    बुवाले पनि छोरीको आमा नभएकोले सानैबाट आमा बुवा दुबैको माया दिएर छोरीलाई हुर्काएर ठूलो बनाएको र अन्त्यमा बुढेसकालमा आफू एक्लै भएको दुखेसो पोखेको भाव गितमा सुन्न र देख्न सकिन्छ। 

    गितको भिडियोमा गरिब परिवारको जिर्ण घरको अवस्थालाई देेखाइएको देेेख्न सकिन्क्छ भने  आफू भन्दा केही माथिको परिवारमा छोरीलाई बिहे गरिरिएर पठाउँदा भोग्न सक्ने वास्तविक कथालाई समेत प्रस्तुत गरिएको छ।

    गीतकाे लेखन र अभिनयमा समेत देखिएका पुर्खे बाकाे याे गीतकाे एरेन्ज गुल्मेली कलाकार पवन परियारले गरेका छन्  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।