रेशम अधिकारी । नवगायक युनिस अधिकारीको तीज गीत 'कोरोना महामारी काण्ड' सार्बजनिक भएको छ ।
राजु महोत्राको निर्देशन, श्रीकृष्ण अर्यालको शब्द , अनिस खड्काको संगीत र पबित्र सरटुंगे, सुदिप परियार र युनिस अधिकारीको स्वरमा रहेको (कोरोना महामारी काण्ड ) तिज गीत आइतबार बिहान अनिस खड्का युटुब च्यानल मार्फत सार्बजनिक भएको हो ।
उक्त गीतमा टिकटक बाट चर्चित भएकी सुस्मा सपकोटा, त्यस्तै मीरा महोत्रा, मुकुन्द सुवेदी, दिपेन न्यौपाने लगायतले साथ दिएका छन् ।
गीतले कोरोना महामारीका बेलामा घर बाहिर जान नपाएपनि घरमै बसेर दर खाएर रमाईलो गर्नुपर्ने सन्देश दिन खोजेको छ । गीतलाई सप्तक फिल्मले बजारमा ल्याएको हो ।
गीत को भिडियो :
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology