Logo

२०८३, श्रावण ३०गते


images
images

प्रचण्डकै नेतृत्वमा मन्त्रिमण्डल पुनगर्ठन हुन्छ, कांग्रेस सहभागी हुन्छ : उपसभापति गुरुङ

प्रचण्डकै नेतृत्वमा मन्त्रिमण्डल पुनगर्ठन हुन्छ, कांग्रेस सहभागी हुन्छ : उपसभापति गुरुङ

images
  • सेतोमसी सहकर्मी
  • प्रचण्डकै नेतृत्वमा मन्त्रिमण्डल पुनगर्ठन हुन्छ, कांग्रेस सहभागी हुन्छ : उपसभापति गुरुङ
    images
    images

    राजेश  पराजुली, पोखरा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा मन्त्रिमण्डल पुनगर्ठन हुने दाबी गरेका छन् ।

    images
    images
    images

    नेपाली कांग्रेस पोखरा महानगर कमिटीले पोखराको काहुँडाडामा आयोजना गरेको नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उपसभापति गुरुङले यस्तो दाबी गरेका हुन् । 

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पार्दै उनले त्यसमा अहिलेको गठबन्धनमा उभिएका दलहरु सहभागी हुने बताए । 

    images
    images
    images

    पछिल्लो समयक्रम अनुसार कांग्रेस सरकारमा जाने निश्चित भएको उनले स्पष्ट पारे । 

    ‘अब सरकारमा गएपछि काम गर्नुपर्छ । अब कुनै पनि हालतमा कांग्रेसलाई काम नगर्ने छुट छैन,’ उनले भने ।

    उपसभापति गुरुङले भने, ‘चाहे संघीय सरकारमा मन्त्री भएर जाने साथी होस् या प्रदेशमा मन्त्री हुने साथीहरुलाई मैले त जानिनँ भन्ने छुट हुन्न ।’ 

    अबको सरकारले राम्रो काम गरेर अर्को निर्वाचनमा मत संख्या बढाउनुपर्नेमा उनले जोड दिए । 

    सो अवसरमा गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा कास्कीबाट प्रदेशसभामा निर्वाचित प्रत्यक्ष तथा समानुपातिक सांसदलाई सम्मान गरिएको थियो ।

    सम्मानित हुनेमा गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित बिन्दुकुमार थापा र प्रकाश बरालका साथै समानुपातिक सांसद सरस्वती गुरुङ छन् । 

    कांग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सभामुख तथा पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, कांग्रेस प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस कास्की सभापति किशोरदत्त बराल, पूर्व सांसद विन्दादेवी राना लगायत पार्टीका नेता तथा कार्यकर्ता सहभागी भएको सचिव टुबराज बास्तोलाले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।