Logo

२०८३, श्रावण ३०गते


images
images

एमालेका तीन मन्त्री द्वारा राजिनामा, महेन्द्र बहादुर शाही अल्पमतमा ।

एमालेका तीन मन्त्री द्वारा राजिनामा, महेन्द्र बहादुर शाही अल्पमतमा ।

images
  • सेतोमसी सहकर्मी
  • एमालेका तीन मन्त्री द्वारा राजिनामा, महेन्द्र बहादुर शाही अल्पमतमा ।
    images
    images

    चैत्र २४ बुटवल - कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीन जना मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका छन् । एमालेमा खनाल- नेपाल समुहमा रहेका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मंगलबार संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

    images
    images
    images


    संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । 

    images
    images
    images


    एमाले सरकार बाट बाहिरिए संगै मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा शाही रहेको दल माओवादी केन्द्रका १२ सांसद रहेका छन भने नेकपा एमालेका २० सांसद रहेका छन । २० सांसद रहेको नेकपा एमाले त्यहा ठुलो दल हो ।

    images
    images
    images

    यस अघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर माधव नेपाल समूहका सांसदहरुले आफूहरुले समर्थन फिर्ता नलिएको बताउँदै आएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्णाली प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।