Logo

२०८३, श्रावण ३०गते


images
images

युरोकप फुटबल १६ औं संस्करण

घरेलु टोली हंगेरीलाई हराउदै युरोकपमा पोर्चुगलको बिजयी सुरुवात

घरेलु टोली हंगेरीलाई हराउदै युरोकपमा पोर्चुगलको बिजयी सुरुवात

images
  • घरेलु टोली हंगेरीलाई हराउदै युरोकपमा पोर्चुगलको बिजयी सुरुवात
    images
    images

    २ असारा देवदह- पोर्चुगलले घरेलु टोली हंगेरीलाई हराउँदै युरोपेली च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । ग्रुप अफ डेथ मानिएको समूह एफको पहिलो खेलमा पोर्चुगल ३-० ले विजयी भयो । 

    images
    images
    images

    खेलको ४३ औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । ब्रुनो फर्नान्डेसको पासमा रोनाल्डोले पेनाल्टी क्षेत्र भित्र बाट सहज अवसरलाई पोस्टभन्दा माथिबाट प्रहार गरेका थिए । त्यसअघि ३० औं मिनेटमा रोनाल्डोकै हेडरले पोस्टको दिशा लिन नसक्दा पोर्चुगल अग्रता लिनबाट चुकेको थियो ।

    images
    images
    images

    पहिलो हाफमा निरन्तर आक्रमण बुनेपनि पोर्चुगलले गोल गर्न सकेको थिएन । दोस्रो हाफमा हंगेरीले आफ्नो रक्षात्मक रणनीति कायम राख्दै काउन्टर अट्याकमा पनि अघि बढेको थियो । ८० औं मिनेटमा जाबोलाक्स सोनले गोल गरेपनि असिस्टेन्ट रेफ्रीले उक्त मुभलाई अफसाइड दिएपछि पोर्चुगल जोगिएको थियो ।

    images
    images
    images

    खेलको ८४ औं मिनेटमा पोर्चुगलले अग्रता लियो । राफाएल गुरेरोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्डरको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । त्यसअघि राफा सिल्भाको क्रस डिफेन्डरलाई लाग्दै गुरेरोको स्थानसम्म आइपुगेको थियो ।

    अग्रता लिएको दुई मिनेटपछि नै पोर्चुगलले पेनाल्टीको अवसर पायो । विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । रोनाल्डोले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै २-० को अग्रता दिलाए । रोनाल्डोले गोलरक्षकलाई विपरित दिशामा डाइभ गराउँदै प्रतियोगितामा व्यक्तिगत पहिलो गोल गरे ।

    इन्ज्युरी समयको दोस्रो मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै ३-० को अग्रता दिलाए । राफा सिल्भाकै पासमा पेनाल्टी क्षेत्रभित्र संयमित रोनाल्डोले अफसाइड ट्रयाप बिट गर्दै फिनिस गरेका थिए । युरोको ५ संस्करणमा खेल्ने पहिलो खेलाडी बनेका रोनाल्डोले खेलको पहिलो हाफमा अवसर सदुपयोग नगरेपनि अन्त्यमा भने नतिजालाई न्याय दिए ।

    यस जितसँगै समूह एफमा पोर्चुगलले महत्त्वपूर्ण ३ अंक जोडेको छ । एजेन्सीको सहयोगमा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।