Logo

२०८३, श्रावण ३०गते


images
images

युरोकप फुटबल १६ औं संस्करण

स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा इटली युरोकपको फाइनलमा

स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा इटली युरोकपको फाइनलमा

images
  • स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा इटली युरोकपको फाइनलमा
    images
    images

    स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा इटली युरोकपको फाइनलमा

    images
    images
    images

    २३ असार, एजेन्सी । उपाधिको दावेदार मानिएको स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउदै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ ।

    images
    images
    images

    लन्डनस्थित वेम्बली स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा ९० मिनेटको निर्धारित समयमा दुवै टोलीले एक एक को बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटबाट गएको थियो। इटालीले पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। 

    images
    images
    images

    पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे। म्यानुएल लोकाटेलीले गोल गर्न सकेनन्।
    स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे। तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्नबाट चुके ।

    त्यस अघि खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए। तर, खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए।

    इटालीले क्वाटरफाइनलमा फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।
    स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो।

    अब इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्याण्ड र डेनमार्कको खेल आज राति नेपाली समय अनुसार १२ : ४५ बजे हुनेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरोकप फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।