काठमाडौं । खेल क्षेत्रमा कोक र बियर कम्पनीको दादागिरी युरोकपमा देखिएको छ । एकपछि अर्का स्टार खेलाडीले पत्रकार सम्मेलनको क्रममा कोक र बियरका बोतल हटाएर पानी अगाडि सारेपछी आयोजक ती कम्पनी सामु लम्पसार पर्दै युरो कप २०२० मा सहभागी टिमका खेलाडीले पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने चेतावनी दिएको छ।
गत सोमबार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका दौरान टेबलमा राखिएका दुई कोकाकोलाको बोतल हटाएका थिए। उनले कोकाकोलाको बोतल हटाएर पानीको बोलत देखाएका थिए।
मंगलबार फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले पनि बियरको बोतल आफू अगाडिको टेबलबाट हटाएका थिए।
जर्मनीविरुद्धको खेलमा प्लेयर अफ दि म्याच भएपछि पत्रकार सम्मेलनमा उपस्थित भएका पोग्बाले हाइनीकेन बियरको बोतल टेबलबाट हटाएका थिए।
बुधबार इटालीका म्यानुयल लोकाटेलीले पनि कोकाकोलाको बोलत हटाएर पानीको बोलत आफू अघि राखेका थिए।
खेलाडीहरूले मुख्य प्रायोजकको बोलत पत्रकार सम्मेलनका दौरान हटाएपछि युइएफले जरिवाना गर्ने चेतावनी दिएको हो।
'साझेदारी प्रतियोगिताको अभिन्न अंग भएको सबैलाई टिमलाई स्मरण गराउन चाहान्छौ र साझेदारीले युरोपको फुटबल विकासलाई सुनिश्चिता गर्छ,' युरो २०२० को आयोजकले भनेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology