१९ असार, एजेन्सी । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन युरोकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम ४ मा पुगेको हो।
निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा स्पेनले जित हासिल गर्यो । स्पेनले खेलको आठौं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो। स्वीट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे । स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो । दोस्रो हाफको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ गोलको स्थितिमा ल्याएका थिए ।
खेलको ७८ औं मिनेटमा रेफ्रीले स्वीट्जरल्यान्ड फ्रिउलरलाई रेड कार्ड दिएसँगै १० खेलाडीमा सीमित बनेको थियो । १० खेलाडीमा सिमित स्विसका कप्तान जेर्दान शकिरीले टोलीलाई १–१ गाेलकाे बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएकाे थियाे।
पेनाल्टीमा स्विस टाेलीका मारियो गाभ्रानोभिचले मात्र गोल गरे। फाबियन, अकान्जी म्यानुएलको प्रहार सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो। स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे। सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्किदा रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology