१८ असार, एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आज (शुक्रबार) बाट सुरु हुँदैछन् । क्वाटरफाइनल खेल अन्तर्गत आज दुई खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्नेछन् । दुई टोलीबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
आजको खेलमा दुबै टोली जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनामा हुनेछन् । सेमिफाइनलमा दुबै टोलीको नजर हुनेछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी अर्को खेलमा बेल्जियम र इटली प्रतिस्पर्धा गर्नेछन । यो खेल नेपाली समय अनुसार राति १२:४५ बजे जर्मनीको म्युनिकमा हुनेछ । यो खेल पनि निकै रोमाञ्चक हुनेछ किनकि दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका हुन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology