१६ असार, एजेन्सी- स्वीडेनमाथि २–१ को जित निकाल्दै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्कटल्याण्डको ह्याम्पडेन पार्कमा मंगलबार राति भएको खेलमा युक्रेनले स्वीडेनमाथि अतिरिक्त समयको गोलको सहयोगमा २–१ को जित निकाल्दै अन्तिम ८ को स्थान सुरक्षीत गरेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे। स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए।
सेमिफाइनल प्रवेशका लागि युक्रेनले इंग्ल्याण्डको सामना गर्ने छ । मंगलबार नै भएको खेलमा जर्मनीमाथि २–० को जित निकाल्दै इंग्ल्याण्डले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology