Logo

२०८३, श्रावण ३१गते


images
images

लघुकथाः स्वर्णाक्षरी

लघुकथाः स्वर्णाक्षरी

images
  • सेतोमसी सहकर्मी
  • लघुकथाः स्वर्णाक्षरी
    images
    images

    "आहा! कस्तो युनिक?", रेविकाले अनौठो भाव व्यक्त गर्दै सोधिन् ,"अनि कसरि जुरायौ त ?"
    "कम्ति मिहिनेत लागेको हो र, यो नाम जुराउन ? जब हामीले सन्तानको योजना गर्यौँ अनि नाम सङ्कलनमा लाग्यौँ दुबैजना। कहिले शब्दकोश पल्टाउने, कहिले गुगल भ्रमण गर्ने। अनि दुबैले सुने, जानेका नामहरु डायरीमा टिप्ने।" सिवानीले अतितको पोको फुकाइन्।

    images
    images
    images

    "के छोरी नै हुने पक्का थियो र ?" रेविकाले जिज्ञासा पोखिन्।
    "त्यस्तो त कहाँ हुन्थ्यो र ? छोरो भए यो नाम, छोरी भए यो नाम भनेर जन्मपूर्व नै तय गरेका थियौँ।" प्रष्ट्याउन खोजिन् सिवानीले।
    वर्षौँ पछि भेट भएका उनीहरु चिया खाजा खाँदै गफिँदै थिए।
    त्यत्तिकैमा टुप्लुक्क आइपुगिन् स्वर्णाक्षरी।
    "ल हेर, यीनै हुन् मेरी छोरी।" सिवानीले रेविकासँग छोरीको परिचय गराइन् ।
    "कति भाग्यमानी छोरी ? कस्तो युनिक नाम जुराइदिएका बाबाममीले ! क्या मन पर्यो मलाई त।" रेविकाले प्रशंसा गरिन् छोरीको।
    "ह्या...अन्टी, के को भाग्यमानी हुनु ? यहि युनिक नामले गर्दा कति हण्डर खानु परेको छ, तपाईँलाई के थाहा ?",स्वर्णाक्षरीले असन्तुष्टि पोखिन्।
    "हैन् के हण्डर खानु पर्यो ?",प्रष्ट हुन खोजिन् रेविका।
    "साथीहरुका कति सजिला नाम छन्, तनावै छैन्। आफ्नो भने नाम बताउँदा न एकपटकमा कसैले वुझ्छन्। न शुद्धसँग लेखिदिन्छन्। स्कूल, कलेजका प्रमाणपत्र र अन्य डकुमेण्टमा नामको हिज्जे बिगारिदिएर कम्ता हैरानी खेप्नु परेको छ ?" आमातिर आँखा तर्दै छोरीले तितो पोखिन्।

    images
    images
    images

    - मित्र 'उराठी' गौतम

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।