Logo

२०८३, श्रावण ३०गते


images
images

बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छः प्रधानमन्त्री प्रचण्ड

बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छः प्रधानमन्त्री प्रचण्ड

images
  • बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छः प्रधानमन्त्री प्रचण्ड
    images
    images

    मंगलबार उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बैंक ब्याजदर कम गर्ने र राजस्व संकलनलाई बढाउनेबारेमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताएका हुन् । 

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने बताए । उनले सरकारले पछिल्लो अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको पनि बताए । उनले सरकारले राजस्व संकलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकलाई कसरी चलायमान बनाउने भन्नेबारेमा जोड दिइरहेको बताए । 

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदै गएको बताए । झण्डै ११ महिना पुग्ने विदेशी सञ्चिति अहिले देशसँग रहेको बताए । प्रधानमन्त्री प्रचण्डले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । 

    उनले कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद भएको बताए । उनले सरकार आगामी आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको पनि बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।