Logo

२०८३, श्रावण ३०गते


images
images

परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको छ: उपप्रधानमन्त्री श्रेष्ठ

परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको छ: उपप्रधानमन्त्री श्रेष्ठ

images
  • परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको छ: उपप्रधानमन्त्री श्रेष्ठ
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको दाबी गरेका छन् । 

    images
    images
    images

    गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा आयोजित भूकम्प स्मृति दिवस कार्यक्रममा उनले परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नुपर्ने बेला आएको बताए । 

    images
    images
    images

    पछिल्लो समय राजनीतिक पार्टी तथा तिनका नेतालाई बदनाम गर्ने र देशमा अराजकता उत्पन्न गरी अराजकताको जगमा देशको राष्ट्रियता कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेको भन्दै उनले त्यसकाविरुद्ध सचेत रहन पनि सबैलाई आग्रह गरे ।

    images
    images
    images

    उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई भ्रममा नपरी गलत प्रवृतिलाई असफल पार्नुपर्नेमा जोड दिए । “नेपालमा राजनीतिक पार्टीले ठूलो युगान्तकारी परिवर्तनका लागि सङ्र्घष गरेका छन्”, उनले भने, “यो परिवर्तनलाई संविधानसभाबाट संविधान बनाएर परिवर्तनको संस्थागत विकास भयो, अहिले त्यहीँ परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नु आवश्यक छ ।”

    उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तार गर्नका लागि भइरहेको प्रयत्नलाई बदनाम गर्न खोजिएको समेत बताए । उनले व्यवस्थामा परिवर्तन भएपछि अवस्थामा सापेक्षित परिवर्तन गर्न किन सकिएन भन्ने तर्फ दलहरुले पनि समीक्षा गर्नुपर्ने आवश्यकता समेत औँल्याए । 

    “राजनीतिक पार्टी जसले यो परितर्वन गर्यो, यो व्यवस्था ल्यायो, तर यो व्यवस्थामा परिवर्तन भएपछि जनताको अवस्थामा परिवर्तन गर्नका निम्ति हामीले आजसम्म के गर्‍यौं र के गर्न सकेनौं भन्ने विषयमा समीक्षा गरी आवश्यकता अनुसार आफूलाई बदलेर फेरि जनताको अपेक्षा र आवश्यकता पूरा गर्नेगरी सम्बृद्ध नेपाल बनाउने तर्फ हामी अगाडि बढ्नुपर्छ”, उनले भने ।

    उनले जनतालाई रुपान्तरणको महसुस गराएरै छाड्नेसमेत बताए । उनले विकास र समृद्धिको यात्रालाई तीव्र पार्नु अहिले अवश्यकता रहेको उल्लेख गरे । 

    उपप्रधानमन्त्री श्रेष्ठले सरकारले भूकम्पलगायतका विपतलाई रोक्न नसके पनि विपदबाट हुने क्षतिलाई न्यूनीकरणका गर्न योजना निर्माण गरिरहेको उल्लेख गरे ।

    उनले सरकारले विपतबाट हुने क्षति न्यूनीकरणका लागि विपतको पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने गरी काम गरिरहेको भन्दै विगतका कमजोरीले भएका क्षतिलाई समीक्षा गरेर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले विसं २०७२ को भूकम्पले बारपाकलाई नयाँ पहिचान दिएको बताए । 

    “पहिले बारपाकले सुन्दर गाउँ, पर्यटकीय गाउँलगायतको पहिचान दिएको थियो”, उनले भने, “२०७२ वैशाख १२ को भूकम्पले थप पहिचान पनि दिएको छ ।” 

    उपप्रधानमन्त्री श्रेष्ठले गोरखाको बाह्रकिलो, बारपाक सडकखण्ड कालोपत्रको काममा ढिलाइ भइरहेको भन्दै काम छिटो सम्पन्न गर्न पहलगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।