Logo

२०८३, श्रावण ३०गते


images
images

लघुकथा : चुँडिएको मुटु

लघुकथा : चुँडिएको मुटु

images
  • सेतोमसी सहकर्मी
  • लघुकथा : चुँडिएको मुटु
    images
    images

    "छ्या के हेरेको त्यसरी ? अरुले देखे के भन्लान ?" निक्कीले लजाउँदै भनि।
    "एकैछिन पर्ख न। यसरी नै घण्टौँ हेरिरहन देऊ, मलाई। जति हेर्दा पनि धित् मर्दैन त।" दिप्सनले आशक्ति भाव प्रकट गर्यो।
    "धित्मरुञ्जेल हेर्न त त्यो बेला हिम्मत गर्नु पर्थ्यो नि ।अहिले पछुताएर के गर्छौ ? समय आउँछ पर्खदैन, बगेको खोला फर्कदैन त्यसै भनेको हो र ?´" सान्त्वना दिँदै सम्झाउन खोजी निक्कीले।
    "म विवश थिएँ निक्की। जातिय कुरा उठाएर मलाई घरमा बोल्न नसक्ने बनाए। मैले आवेशमा आएर विद्रोह गर्न सकिन। एकातिर मेरा आमाबाबु, मेरो परिवार, समाज थियो। अर्कोतिर तिमी र तिम्रो निर्मल प्रेम।साँच्चै त्योबेला आत्महत्याको नजिक पुगेको थिएँ।" लाचारीपन प्रकट गर्यो दिप्सनले।
    "जो नहुनु थियो भै सक्यो। अब तिमी तिम्रो बाटो लाग। राम्रोसँग घरजम गर, बस।म पनि समयको हुरीसँगै नियतिको जहाजमा जहाँ पुगिन्छ त्यतै जाने छु।अब चिन्ता गरेर केही हुँदैन, धैर्यता लेऊ।" ढाडस दिन खोजी निक्कीले।
     "हैन् निक्की, तिमी बिना बेचैन हुन्छु म। तिमीलाई यही देउरालीमा भेट्न सधै आइरहन्छु। मलाई छोडेर कतै नजाऊ। तिमी बिना म बाँच्न सक्दिन।" जिद्दी बालक जस्तै बोलिरह्यो दिप्सन।
     "भावनामा डुबेर संसार चल्दैन लाटा। तिमीलाई प्रश्न उठाउने समाजले मलाई छोड्छ त ?" निक्कीको भरिएको आँखासँगै बोल्न खोजेको वाक्य हिक्काले घाँटीबाट बाहिर निस्कन दिएन।

    images
    images
    images

    - मित्र 'उराठी' गौतम, तिलोत्तमा -२, रुपन्देही

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।