Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचारीलाई कारबाही देशको आवश्यकता: गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारीलाई कारबाही देशको आवश्यकता: गृहमन्त्री श्रेष्ठ

images
  • भ्रष्टाचारीलाई कारबाही देशको आवश्यकता: गृहमन्त्री श्रेष्ठ
    फाइल फोटो
    images
    images

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिशन र भ्रष्टाचारको जालो नियन्त्रण गर्नुपर्ने बताएका छन् । भ्रष्टाचारलाई कारबाही र नियन्त्रण गर्दै सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको पक्षमा काम गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

    images
    images
    images

    धुलीखेलमा आयोजित प्रेस सेन्टर नेपाल बागमती प्रदेशको वार्षिक साधारणसभालाई सम्बोन्धन गर्दै श्रेष्ठले भ्रष्टाचारको जालो तोड्ने गरी काम गर्न सके मात्रै सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पार्न सकिने बताए ।

    images
    images
    images

    गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको नियन्त्रण र सुशासन स्थापनालाई समृद्धिको पूर्वसर्त बनाउन आवश्यक रहेको भन्दै सुशासन र विकासको लक्ष्य प्राप्त गर्नेतर्फ अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए ।

    images
    images
    images

    आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर र अर्का देशको शरणार्थी बनाएर पैसा र सम्पत्ति आर्जन गर्ने धन्दामा लागेकाहरूलाई कारबाहीको दायरामा ल्याउने पहलकदमी गरिरहेको र ल्याइछाड्ने श्रेष्ठले बताए ।

    'भ्रष्टाचार नियन्त्रणसहितको सुशासनलाई समृद्धिको पूर्वसर्त बनाउनै पर्छ, त्यसलाई स्थापना गर्न सकेनौँ भने विकास र समृद्धिको लक्ष्य पूरा हुनै सक्दैन', उनले भने, 'सुशासन कायम गर्नका लागि सारा भ्रष्टाचारीलाई कारबाही गर्नैपर्छ, त्यसलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्नुपर्छ र कमिशनको स्वार्थको निम्ति राष्ट्रमाथि आयोजना थोपर्ने र सबै मिलेर देशलाई कमिशनको जालोबाट बर्बाद गर्ने प्रक्रियाबाट मुक्त पार्नुपर्छ ।'


    सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको एकसूत्रीय लक्ष्य रहेको बताउँदै उनले त्यसको आधारमा अगाडि बढ्दै ‘निर्दोष नफसोस् र कुनै अपराधी नछुटोस्’ भन्ने मान्यतका आधारमा काम गरिरहेको बताए । त्यसका लागि विगतका कमीकमजोरीलाई समीक्षा गर्दै दृढ सङ्कल्पका साथ आएको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।