Logo

२०८३, श्रावण ३१गते


images
images

कविता : ग्रेटर भूगोल

कविता : ग्रेटर भूगोल

images
  • कविता : ग्रेटर भूगोल
    images
    images

    मेरा बाले घ्यू खाएका थिए

    images
    images
    images

    नपत्याए

    images
    images
    images

    मेरा हात सुँघ

    images
    images
    images

    भने जस्तै

    हाम्रो इतिहासमा

    हाम्रो भूगोल

    यहाँसम्म थियो

    त्यहाँसम्म थियो

    भन्दै आत्मरतिमा रमाउनु

    दृष्टि विहीनले हात्ती छाम्नु

    उस्तै उस्तै त हैन् ?

     

    कोही ग्रेटर भारत भन्छ

    कोही ग्रेटर नेपाल भन्छ

    फेरि त्यसै गरि

    कोही ग्रेटर वृटेन भन्यो भने

    के हुन्छ ?

     

    अनि कोही ग्रेटर रुस भन्यो भने

    के हुन्छ ?

    फेरि इतिहास खोतल्दै जाँदा

    भारतमा अङ्ग्रेज आउनु अघि

    अनि नेपालमा

    पृथ्वीनारायण भन्दा अगाडि पुगेर

    मेरो यो भूगोल

    तिम्रो त्यो भूगोल

    भन्यो भने के हुन्छ ?

     

    साँच्चै खोज्दै जाने हो भने

    फर्कौँ आदिम युगमा

    जहाँ

    न तिम्रो भूगोल थियो

    न मेरो भूगोल थियो

     

    थियो त केवल

    साझा भूगोल

    न त्यहाँ कुनै शासकका स्वार्थ पूरा गर्न

    रगतले सीमा रेखा कोरिएका थिए

    न भिमकाय ग्रेटवाल बनेका थिए।

     

    तसर्थ

    हामी एउटै पूर्खाका सन्तान विच

    आपसी वैमनस्यता बढाउने

    मानव जातिकै अस्तित्व डढाउने

    कलुषित भावनाको

    विषवृक्ष बीज नछर

     

    बरु

    गौतम वुद्धको अमृत वचन

    विश्व शान्तिको कामना गर।

    विश्व शान्तिको कामना गर।

    सर्जक : मित्र 'उराठी' गौतम, तिलोत्तमा  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।