Logo

२०८३, श्रावण ३०गते


images
images

साहित्य

 लघुकथा : माननीयलाई लोप्पा !

 लघुकथा : माननीयलाई लोप्पा !

images
  • सेतोमसी सहकर्मी
  •  लघुकथा : माननीयलाई लोप्पा !
    images
    images

    "त्यत्रो मिहिनेत गरेर तपाईँलाई जिताएर पठाइयो तर केही काम लागेन त। खै हाम्रो क्षेत्रमा बजेट पार्नै सक्नु भएन नि ?" उनीहरुले आक्रोश व्यक्त गरे।

    images
    images
    images

    "हैन्,कोशिस त गरिरहेकै छु नि। सुन्नुहुन्न संसदमा म बोलेको? तर के गर्नु जसको हातमा डाडु,पन्यू छ, उसकै हालिमुहालि चल्ने रहेछ।",माननीयले निरीहता प्रकट गरे।

    images
    images
    images

    "त्यो त थाहा भएकै कुरा हो त। अनि चुनावको बेला ठुल्ठुला कुरा गरेर के को फुर्ति देखाएको नि?" उनीहरुको समूहबाटै एकजना जङ्गियो। 

    images
    images
    images

    "नआत्तिनुस् न। बजेट माथिको छलफल त चलिरहेकै छ नि। जसरी पनि संसोधन गराइ छाड्छौँ। नत्र पासै हुन दिन्नौ।" पूरा आत्मविश्वासका साथ बोले उनी।

    "भयो-भयो गफ नहानौं माननीय ज्यू"  ! भ्यागुताको बिहे गराएर पानी पर्नु र तपाईंहरुको छलफलले बजेट संसोधन हुनु उस्तै उस्तै हो।" समूहकै एकजना वुजुर्गले लोप्पा खुवाउँदै जवाफ फर्काए।

    -मित्र 'उराठी' गौतम, तिलोत्तमा-२, रुपन्देही

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।