काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध परेको रिट खारेज गरेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको इजलासले उक्त आदेश जारी गरेको हो।
सिन्धुलीका युवराज सफलले राहदानी दुरुपयोग लगायत लामिछानेको सांसद पदमा प्रश्न उठाउँदै उनकोको पद खारेजीको मागसहित गत जेठ १० गते लामिछाने विरुद्ध संवैधानिक इजलासमा रिट दर्ता गरेका थिए ।
उक्त रिटको औचित्य नभएको भन्दै संवैधानिक इजलासले आज खारेज गरिदिएको हो । सर्वोच्चको यो आदेशपछि लामिछानेले राहत पाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology