गुल्मी । अविरल वर्षापछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । हिजो बिहानदेखि परेको पानीका कारण धेरै ठाउँमा पहिरो खसेको बताइएको छ । सिद्धार्थ राजमार्गमा पर्ने दोभान, सिद्धबाबा, झुम्सा, पानीमिल, कालीमाटीलगायत पाल्पाका एक दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ ।
त्यसैगरी चिदीपानी धैरेनीमा लेदोसहितको पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लगातारको वर्षाका कारण पहिरो हटाउन सकिएको छैन।
रम्भा गाउँपालिका–३, पिपलडाँडा सेरा र लहसुनेमा पनि ठूलो पहिरो गएको छ । आर्यभन्ज्याङ–रामपुर सडक अवरुद्ध भएको छ । तानसेनबाट गुल्मी जाने सडक पनि पहिरोका कारण अवरुद्ध भएको बताइएको छ ।
यसैबीच अविरल वर्षाका रुरुक्षेत्र गाउँ पालिका वडा न ४ बलेटक्सारमा खगेन्द्र श्रेष्ठकाे घर भत्किँदा साेहि घरमा फेन्सि पसल गर्ने अहमद मियाकाे पसलमा क्षति पुगेकाे छ । पसल मलिक इद मनाउन अर्घाखाँचिकाे चिदिका गएकाे थिए ।उनकाे पसलको सामान स्थानीय ईम बहादुर केशिकाे म सारिएकाे छ भने एउटा माेटर सईकल पुरिएकाे अवस्थामा रहेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology