लघुकथा : खुसी
बा र म सगै दौडियौ।बा हार्नु भयो। मख्ख परें ।
बा निरास देखिनु भएन।
गाउँमा दौड प्रतियोगिता भयो।बाले मलाई अवसर दिनुभयो।
बाले सधैं जित्ने दौड म नराम्ररी हारेँ।।बल्ल दिमाकको बिर्को खुल्यो। बा मेरो खुशीको लागि हार्नु भएको रहेछ।
लघुकथा : भाग्य
उ डोरी लिएर रुखमा चड्यो।हाँगोंमा डोरी बाध्यो। दुर्भाग्य!रुखको हाँगों भाँचियो।
थुक्क!," भनेको बेला मार्नलाई पनि भाग्यमा लेखेर ल्याउनु पर्दोरहेछ।"
उसको मन बद्लियो।
लघुकथा : सूत्र
कता-कता रिस उठ्यो।उसको अनुहार हेरिरहेँ । कस्तो मान्छे ?आफै मात्र बोलिरहन्छ ! उ आफ्नै भनाइमा मस्त थियो।
सभाकक्षको छेउबाट खानाखाने समय भएको संकेत आयो।
पुनः सभाकक्षमा पसियो। ल!अब मनोरञ्जन। दोधारमा परे, "के गर्न खोज्दै छ !" म सहभागी भएँ।खुब नाचियाे।खेल खेलियो।
दिनहरू बित्दै गए।आज पाँचौंदिन।उसलाई एकछिन हेरिरहेँ । उ उस्तै थियो।
मैंले मलाई सोधें,"जीत कसको?"
आनन्द!!
"जीत दुबैको।"
मैंले उसलाई पुस्तक उपहार दिएँ।उसले मलाई सोच परिवर्तनको सूत्र ।
-तानसेन,पाल्पा
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology